गजल!

  • बिहिबार, पुस २, २०७७
गजल!

सधै आफ्नो आँखाको पनि ता भर हुँदैन,
आफु बस्ने आफ्नो साच्चै त्यो घर हुदैन।

मान्छेकै बश्ति भयपनि ता अबिस्वासिलो,
किनकी भ्रष्टचार बिनाकै कुनै सगर हुँदैन।

मान्छेले पुजागर्छन बिहान र बेलुका ढुङ्गा,
आमा र बाबालाई पाल्ने कत्ति रहर हुँदैन।

सरकार लाई भ्रष्टचारमा संलिप्त देखेपछि,
डाँका चोर लाई पनि सरकारको डर हुँदैन।

देशभित्र सधै गृहयुद्ध हुन्छ जनताकै लागि,
तर खै जन अधिकार पनि ता अम्मर हुँदैन।

सदैभरी जनताकै रेमिटेन्सि बाट पलेकाहरु,
देशको रक्षागर्न नसके हाम्रो पनि कर हुँदैन।

सेते जस्तै कतिछन दुखि परदेशमा बस्नेहरु,
जतिसुकै काम गरेपनि ता हाम्रो कदर हुँदैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार