शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • ढम्कने कृषि सहकारी बहुउदेश्यीय सहकारी बन्याे

ढम्कने कृषि सहकारी बहुउदेश्यीय सहकारी बन्याे

  • बिहिबार, पुस २, २०७७
ढम्कने कृषि सहकारी बहुउदेश्यीय सहकारी बन्याे

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्मर ७ ढम्कनेमा रहेको ढम्कने कृषि सहकारीलाइ परिमार्जन गरि बहुउदस्यीय सहकारी बनाईएको छ । बिहीबार एक कार्यक्रमका बिच सो सहकारीलाई बहुउदस्यीय सहकारीमा परिमार्जनको घोषणा समेत गरेको छ ।
सहकारीका अध्यक्ष नरबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए । प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष पाध्यायले प्रकृया पुर्याएर बनाएको सहकारीको औपचारीक रुपमा संचालनका लागि मार्ग निर्देश गरेका छन ।
सहकारी संस्था लिका सचिव बलबहादुर रोकायाले संचालन गरेको कार्यक्रमा नेकपाका नेता हर्क बोगटी, नेपाली काग्रेशका नेता गोरख बहादुर धामी लगायत सहकारीका सियर सदस्यहरूकाे  समेत सहभागीता रहेको सहकारीका सचिव बल बहादुर रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार