तराई पहाड अनि हिमाल शुन्दर छ,
संसार भरिमा देश नेपाल शुन्दर छ।
स-साना सोता मिलेर बनेको खोला,
मन मोहक झर्नाको छाल शुन्दर छ।
बन जङ्गल चारै तिर हरियाली हाम्रो,
पर्बत रुपका ठुला प्रखाल शुन्दर छ।
पशु पञ्छिले सजिएको बन जङ्गल,
सिमल सल्ला अनि शाल शुन्दर छ।
बर्षामा चेउ अनि साग राम्रा शब्जी,
पुरेनी ऐसालु मिठा जाल शुन्दर छ।
पानीको खानि हिमाल को बनावट,
हेरौँ स्वर्ग जस्तै फेबताल शुन्दर छ।
मयुर को नाज सरसरी चल्ने बतास,
हो प्राकृतिकै मिल्दो चाल शुन्दर छ।
ब्यबस्था जस्तै भयपनि मेरो देशको,
हिमाल तराई पहाड हाल शुन्दर छ।