यस्तो छ तीन दिनको मौसम

  • बुधबार, पुस १, २०७७
यस्तो छ तीन दिनको मौसम

काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश २, बागमती प्रदेशका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु/ कुहिरो लागेको छ।
बुधबार दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आँशिक बदली रहनेछ । राती देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार