धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमा पोष्ट राख्दै आफुलाई संक्रमण भएको जानकारी दिएकी छिन्।
‘मलाई कोरोना संक्रमण पोजेटिभ देखिएकोले मेरो सम्पर्क आउनु भएका दाजुभाइ दिदी बहिनी सम्पूर्णले सुरक्षित रही समयमै चेकजाँज गराउन हुन अनुरोध गर्दछु’ उनले लेखेकी छिन्।
प्रदेश सभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्।