गजल!

  • मङ्लबार, मंसिर ३०, २०७७
गजल!

संसारमा मेल फिमेलको कथा मात्रछ,
गरीबहरुको अपहेलको कथा मात्रैछ।

बर्गिय आन्दोलन बिन हाम्रो मुक्तिछैन,
साम्राज्यावादी रखेलको कथा मात्रछ।

कहिले गुलाम नभयको नेपाल देश हो,
तर देशभक्तलाई जेलको कथा मात्रछ।

यहाँ ईमान्दार सोझालाई जेल हुँदा ता,
भ्रष्टचारीलाई सदै बेलको कथा मात्रछ।

बिकास छैन नेताको कुर्चि ताना तानछ,
मन्त्रिहरुकै खोक्रो रेलको कथा मात्रैछ।

कमिसन र रेमिटेन्सिमा चलेको छ देश,
देशभक्तलाई जेल नेलको कथा मात्रैछ।

जनताले चुनेर पठाए देशकै रक्षक भनी,
उनै को देश भित्र ठटेलको कथा मात्रैछ।
सुरेशकुमार

चर्चामा

सम्बन्धित समाचार