• होमपेज
  • बडिमालिका
  • आईपासद्धारा दिगो गर्भपतन इकोसिस्टम आकलन कार्यशाला गोष्टि गरियो

आईपासद्धारा दिगो गर्भपतन इकोसिस्टम आकलन कार्यशाला गोष्टि गरियो

  • सोमवार, मंसिर २९, २०७७
आईपासद्धारा दिगो गर्भपतन इकोसिस्टम आकलन कार्यशाला गोष्टि गरियो

बाजुरा- आईपास नेपालद्धारा दिगो गर्भपतन इकोसिस्टम आकलन कार्यशालf गोष्ठी गरिएको छ । बाजुरा जिल्लामा सुरक्षित गर्भपतन सेवा बारे समुदाय स्तर देखि राजनैतिक दल, नागरिक समाज स्वास्थ्यकर्मी तथा सरोकारवालहरुको बुझाई र सुरक्षित गर्भपतन सम्बन्धि भए गरेका काम बारे इकोसिस्टम आकलन कार्यशाला गोष्टि गरिएको  पिसविन बाजुराका कार्यक्रम अधिकृत महेश जैशीले जानकारी दिएका छन् ।

No description available.
गोष्ठीमा सस्थाले आगामी कार्यक्रमको योजना कसरी गर्न सकीन्छ, समुदाय स्तरमा सेवाको पहुच कत्तिको पुगेको छ । गाउ टोल लेवलसम्म औषधिको पहुच कस्तो छ, जिल्ला स्थित राजनैतिक दलहरुको भूमिका कत्तिको रहेको छ जस्ता बिषय माथि छलफ गरिएको थियो । त्यस्तै सुरक्षित गर्भपतन सेवा सम्बन्धि समुदाय स्तरमा जनचेतका पुगे नपुगेको, सेवा दिने निकाएले कसरी सेवा दिई रहेको र सुधार गर्नु पर्ने बिषयहरु के कस्ता रहेका छन भन्ने बिषयमा छलफल भएको थियो । कार्यशाला गोष्ठीमा बडिमालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्ट, जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, अन्य स्वास्थ्यकर्मी पीसबिन बाजुराका प्रबन्धक जुद्ध रावल, महिला स्वयम सेबिका , महिला अधिकारकर्मी, पत्रकार लगाएको उपस्थिति कार्यक्रमको जानकारी तथा सहजीकरण आईपास नेपालका प्रतिनिधि उपेन्द्र कुवरले गरेका थिए । कार्यशाला गोष्ठी रेडियो बाजुराको तालिम हलमा गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार