शुक्रबार, बैशाख १४, २०८१

मस्तीमा मौनी

  • सोमवार, मंसिर २९, २०७७
मस्तीमा मौनी

मुम्बई : टीभीदेखि बलिउडसम्म आफ्नो बेग्लै परिचय बनाएकी अभिनेत्री मौनी राय सोसल मिडियामा निकै सक्रिय रहन्छिन् ।

मौनी अक्सर आफ्नो बोल्ड र स्टाइलिस तस्बिर पोस्ट गर्ने गर्छिन् । अहिले अभिनेत्रीका पछिल्ला फोटोसुटका तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरमा मौनी सेतो साडीमा सुन्दर देखिएकी छन् । मौनीले साडीको साथमा सुहाउने ब्लाउज लगाएकी छन् । उनले यो ड्रेससँग इयररिङ र नेकलेस पनि लगाएकी छन् । खुल्ला कपालमा मौनी निकै खुलेकी छन् । फोटो सुटबारे उनले क्याप्सन लेखेकी छन्, ‘मलाई रमाइलो लाग्छ जब म साडीमा देखिन्छु ।’

मौनी हालै रातो साडीमा पनि देखिएकी थिइन् । टीभी सिरियल ‘नागिन’ बाट घरघरमा चिनिएकी उनी अक्षय कुमारसँग फिल्म ‘गोल्ड’ बाट बलिउड प्रवेश गरेकी हुन् । अब उनको फिल्म ‘लन्डन कन्फिडेन्सियल’ आउँदै छ ।

चर्चामा

सम्बन्धित समाचार