• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन

बडिमालिका नगरपालिकामा खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन

  • शुक्रबार, मंसिर २६, २०७७
बडिमालिका नगरपालिकामा खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन

बाजुरा–बडिमालिका नगरपालिकाले खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन गरेको छ । नगरपालिकामा सरसफाईको अबस्था र आगामि दिनमा गर्ने योजनाका बारेमा तयार पारिएको खानेपानि सरसफाई स्वच्छता योजनाको एक कार्यक्रमका बिचमा बिमोचन गरिएको छ ।
नगरपालिका नगरप्रमुख पदम बडुवालले खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन गरेर यो योजना अनूरुप अगाडि बढने वताएका छन् । योजनाले नगरपालिकामा खानेपानि सरसफाईको अबस्थाको बास्तबिकता ल्याएको छ, त्यहि अनुसार कार्यनवयन गरेर अगाडि बढन सबै जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
खानेपानि सरसफाई स्वच्छता योजनाको बिमोचन सँगै पुर्ण सरसफाई गुणस्तर अनुगमन निर्देशिका र सरसफाई नमुना समुदाय मार्गदर्शनको समेत बिमोचन गरिएको छ । यो योजनाले भाबि दिनमा नगरपालिकाको सरसफाई मात्र नभई पुर्ण सरसफाई अभियान तर्फ लैजानमा ठुलो सघाउ पुग्ने रहेको नगरपालिकाले जनाएको छ ।
खानेपानि सरसफाई स्वच्छता योजनामा अझै नगरपालिका भरिमा ५ सय ६५ परिवार खानेपानिको पहुँच बाट बाहिर रहेको देखाएको छ । ति घरधुरीमा खानेपानिको पहुँच पुयाउने योजना पनि यसमा रहेको नगरपालिकाले जनाएको छ । बिमोचन कार्यक्रममा नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कबिता बिष्ट, वडा अध्यक्ष, नगरपालिका शाखा प्रमुख, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह लगायतको सहभागिता रहेको थियो ।
बिमोचन कार्यक्रमको सञ्चालन युयान ह्याबिटेडका कर्मचारी श्याम थापाले गरेको थिए । खानेपानि सरसफाई स्वच्छता योजना निर्माणमा युनिसेफ, युयान ह्याबिटेड लगायत गैरसकारी संस्थाको सहयोग रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार