• होमपेज
  • समाज
  • नागरिकलाई अधिकारको प्रत्यभुति दिलाउन जिल्लाका सबै सरोकारवालको बहस आवश्यक

नागरिकलाई अधिकारको प्रत्यभुति दिलाउन जिल्लाका सबै सरोकारवालको बहस आवश्यक

  • बिहिबार, मंसिर २५, २०७७
नागरिकलाई अधिकारको प्रत्यभुति दिलाउन जिल्लाका सबै सरोकारवालको बहस आवश्यक

बाजुरा — बाजुरा जिल्लाका नौ वटै स्थानिय तहको गाउ टोलका नागरिकहरुलाई मानब अधिकारको प्रत्यभूति दिलाउन जिल्लाका सबै सरोकारवालाहरुको महत्वपूणर् बहस आवश्यक रहेको बताईएको छ । आज बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आयोजित ७२ औं अन्तराष्ट्रिय मानब अधिकार दिवसको अवसर तथा अनौपचारिक क्षेत्र सेवा केन्द्रको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२१ को बार्षिक समक्षिा कार्यक्रमाका सहभागिहरुले यस्तो बताएका हुन ।
प्रत्येक गाउँटोलका नागरिकहरुलाई स्थानिय राज्यबाट पाउनु पर्ने सेवा सुबिधा आफुलाई राज्यले दिनुपर्ने अधिकारबाट बन्चित भएको कुरालाई सबै नागरिकहरुले थाहा पाउनु पर्ने बताईएको छ । अधिकार थाहा पाउन सरकारले टोलटोलमा रहेका जनप्रतिनिधि तथा अधिकारकर्मीलाई सचेत गराउनु पर्ने बताएका छन् ।

गैर सरकारी महासघ बाजुरा लगाएत अन्य जिल्लाका सघ सस्थाहरुको संयुक्त आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गैर सरकारी महासघका बाजुरा जिल्ला अध्यक्ष अग्निराज शाहीले गरेका थिए भने प्रमुख अतिति बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रमा गैर सरकारी महासघका केन्द्रिय सदस्य काशी बिक, मानब अधिकार एयरलाइन्सका उपाध्यक्ष लाल ओली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बलेन्द्र नाथ, जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा जिल्ला मानब अधिकार रक्षक संजालका अध्यक्ष तथा नेपाल पत्रकार महासघका बरिष्ट उपाध्यक्ष निमेन्द्र शाही जिल्ला प्रशासनका नैन रोकाया जिल्ला स्थित क्रियाशिल पत्रकार लगाएत तीस बढीको सहभागिता रहेको थियो । एनसिईका उपाध्यक्ष गिता रावलले स्वागत मन्तब्य गरेकी थिईन भने बाजुरा जिल्लाको मानब अधिकारको स्थिति र इन्सेकले १ जनवरी २०२० देखी डिसेक्बर २०२० सम्ममा संकलित घटनाहरको प्रतिबेदन इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिबेन माथि सरोकारवालाहरुले थुप्रै सुझाब समेत दिएका थियो । कार्यक्रमको संचालन गैर सरकारी महासघ बाजुराका सचिब कृष्ण अधिकारीले गरेका थिए ।

 

https://badimalikakhabar.com/wp-content/uploads/2020/12/insce-report.pdf

चर्चामा

सम्बन्धित समाचार