• होमपेज
  • सुचना प्रबिधी
  • प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने

प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने

  • बुधबार, मंसिर २४, २०७७
प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाकबाटै लिन सकिने

काठमाडौं — पत्रकारहरुले अबदेखि सरकारले दिने प्रेस प्रतिनिधि कार्ड जिल्ला हुलाक कार्यालयबाटै लिन पाउने भएका छन्। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयबाट प्रेस प्रतिनिधि कार्ड नवीकरण र नयाँ लिने व्यवस्था जिल्ला हुलाकबाटै गरिएको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मंगलबार गरिएको निर्णयानुसार अबदेखि सम्बन्धित जिल्ला हुलाक र हुलाक निर्देशनालयबाटै प्रेस पास लिन पाउन सकिने बताए।

‘मन्त्रिस्तरीय निर्णय भएको छ। प्रेस पासका लागि सूचना तथा प्रसारण विभागमा एकदमै लामो लाइन भयो’, गुरुङले भने, ‘देशभरबाट हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यता हामीले हटाएकाछौं।’

उनले नयाँ प्रेस कार्ड लिनुपर्दा पनि हुलाक कार्यालयमै पत्रकारहरुले निवेदन दिन सक्ने बताए। जिल्ला हुलाकमा परेको निवेदनको फाइल सूचना तथा प्रसारण विभागले स्वीकृत गरेर जिल्लामै पठाएपछि पत्रकारले प्रेस प्रतिनिधि कार्ड पाउने गुरुङले बताए।

चर्चामा

सम्बन्धित समाचार