• होमपेज
  • समाचार
  • थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

  • बुधबार, मंसिर २४, २०७७
थप १४ संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ। हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार