समाबेशिकरणको नारा जति नै उछाले पनि महिलाको लागि तौलेर दिईएको स्थान उनिहरूको सर्बोपरि उन्नतीको लागि अधुरो र अपुरो रहेको तितो यथार्थता कायमै छ भन्न किन हिच्किचाउनु र भन्या ??
सभ्य समाजको परिकल्पना गर्दा हिंसाले सकारात्मक स्थान पाउदैन । हिंसा शान्ती र अमनचयनको प्रतिकूल अवस्था हो । ब्यक्ति ,परिवार ,समाज र रास्ट्रलाई नकारात्मक धारतर्फ डोर्याउछ । यति हुदा हुदै पनि युद्द र हिंसा बर्तमान समयमा मानवजातीको मुलभुत समस्याको रुपमा रहेको छ। यसले समाजमा अनेक किसीमका चुनौतिहरू सिर्जना गरेको छ । बदलिदो समय र परिस्थीतिसँग हिंसात्मक कर्मका स्वरुपहरू पनि बिबिध किसीमका हुदै आएका छ्न । परिणामस्वरुप समाज ब्यबस्था पिडा र आहत बन्दै गएको छ। समाज र रास्ट्रलाई हिंसाको गलत मार्गबाट सही मार्गतर्फ ल्याउनका लागि बेलैमा यस्लाई नजीकैबाट मसिनाएर बुझ्न,बिश्लेसण गर्न र निराकरणका उपायहरू पहिचान गरि कार्यान्वयन गर्न जरुरि देखिन्छ।
सामान्यतया अरुलाई कुनै पनि किसिमले दुख दिने,पिडा दिने ,यातना दिने ,हानी पुर्याउने र अपकार कर्म गर्नुलाई हिँसा भन्न सकिन्छ। बिभीन्न रुप ढङ्ग र स्वभाबका हिँसाहरू प्राय महिला,बालबालिका तथा जेस्ठ नागरिकसँग सम्बन्धित रहेका पाईन्छन। नेपाली समाजमा घरेलु हिंसाले मुलत महिलामाथि हुने हिंसात्मक गतिबिधिलाई संकेत गर्दछ। ता पनि समय, स्थान र परिस्थितिसंगै अनेकौं पुरुषमाथि पनि घरेलु हिंसा हुने गरेको देखिन्छ।बस्तुत ब्यक्तिले घरेलु बाताबरणमा आफ्नो मानसिक शरीरिक तथा ब्याबहारिक परिपक्वता हासिल गर्न उपलब्ध हुनुपर्ने बाताबरण तथा अवसरहरूबाट बन्चित हुने अवस्थाको सिर्जनाबाट पारिवारिक र बाह्य हिंसाको थालनी हुन पुग्छ।
समयले धेरै कोल्टे फेरिसकेको छ तर पनि महिलालाई हेर्ने दृस्टिकोंण र सामाजिक मूल्य,मान्यता र परम्परा र रुढीबादी चिन्तन र पितृसत्तात्मक संरचना प्रेरित भै बनेको मानसिकता र सोचको प्रतिफल समाजमा हिँसा बढाएको छ। लिंगको आधारमा महिलामाथि मानसिक,शारिरिक आँच पुग्ने गरि इच्छाबिपरीत गरिने दुर्ब्यबहार महिलाबिरुद्ध्को हिँसा हो।हिंसाको बिबिध प्रकृतिमध्ये लिङ्ग बर्ण, जातजाती ,धर्म आदिको आधरमा गरिने हिंसा नेपालमा मात्र नभै बिश्वका हरेक मुलुकमा बिद्यमान रहेको पाइन्छ। सामन्य बुझाईमा पनि जिवनको कुनै ना कुनै कालखण्डमा हरेकले एउटा ना एउटा किसिमको हिंसाको सामना गर्नुपरेको हुन्छ। यसबाट के प्रस्ट हुन्छ कि हिँसा आजको बहुचर्चित यथार्थ हो। अधिकांश पुरुष पनि हिंसाको सिकार बन्नू परेको हुन्छ। महिलाको संसारमा प्रबेश गरेर हेर्दा बोक्सीकोआरोप्मा प्रताडित हुने,मानवअधिकारबाट बन्चित हुने ,यौनजन्य दुर्बयबहरको सिकार हुनुपर्ने इत्यादी । त्यसै गरि त्यही छोरि माइतमा स्नेह, माया र सम्मान को पात्र हुन्छन भने बुहारी हुनासाथ दाईजो कति ल्याई भनेर नापजोख गरिन्छ ।त्यस्तै छोरि पाउने र छोर पाऊने बुहारीलाई कहाँ एउटै नजरले हेरिन्छ र??हाम्रो समाजले र राज्यले यस्ता घटनाहरूलाई सामन्य र सरल रुपमा लिए जस्तो लाग्दैन र?? समग्रमा हेर्ने हो भने यौनसम्बन्धसँग जोडिएका सन्दर्भमा केंदृत रहेर हिँसा बढी हुने गरेको देखिन्छ परिवारमा आफन्तजन बिच यौनसम्बन्ध वा परिवारिक ब्यभिचारको कुरा आउने गरेको छ। २बर्षदेखी ६०बर्षकी आमा हजुरामा पनि मर्द भनिएका पुरुषहरू बाट बलात्कारको सिकार हुनुपरेको खबर बेलाबेला आइरहन्छ । जब छोरि घरमा जन्मा लिन्छ त्यत्तिबेलादेखी नै हरेक कुरा शिक्षादिक्षामा पक्षपात ,लालनपालनमा पक्षपातर जीवनसाथी रोज्नेजस्ता कुराहरूमा पनि बाध्य बनाइन्छ। सामाजिक मूल्य मान्यता स्विकार नगरेको कथित बाहनामा मलमुत्र ख्वाउने , पिट्ने सामाजिक रुपमा बहिस्कार गर्ने, घरबाट निकाल्ने मट्टीतेल खन्याएर जिउदै मार्ना खोज्ने क्रुर र दानबिय प्रकृतिका घटनाहरू ता मैले सबै लेख्न नै सकिन !!यस्ता अनेकौ घटना हाम्रो समाज तथा घरपरिवारका समान्य उदाहरण हुन । तर ती घटनाहरू जुन रुप्मा भैरहेका हुन्छन् त्यही रुपमा सर्बजनिक हुदैनन । समावेशीकरणको नारा जति नै उछाले पनि महिलाका लागि तौलेर दिइएको स्थान उनिहरूको सर्वोपरिका लागि अधुरो रहेको तितो यथार्थ कायमै छ भन्न किन हिच्क्किचाउनू र ?? कुरा गर्यो करैको दुख भनेझै महिलामुक्तीको गफ दिने नेतागण ,सामाजिक कार्यकर्ता तथा उच्चपदस्थ पदाधिकारीहरू बाट नै सबैभन्दा महिलाहरू पिडित हुनुपरेको तितो यथार्थता पाईन्छ ।
हुन त हजारौ बर्षदेखी बिद्यमान हिसा एकाएक हटला भन्ने अपेक्षा गरिएको हैन। तथापी आ आफ्नो स्थानबाट बास्तबिकताको गैराहिमा पुगी सकारात्मक प्रयास जारि राख्नुपर्छ ।हाम्रो देशमा लामो समयसम्म चलेको लैंगिक समबिकास आन्दोलनले पनि सकारात्मक काम गरेको छ ।