शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा विप्लव समूहका २०५ जना पक्राउ, २४ जना कारागार चलान

सुदूरपश्चिममा विप्लव समूहका २०५ जना पक्राउ, २४ जना कारागार चलान

  • बुधबार, मंसिर २४, २०७७
सुदूरपश्चिममा विप्लव समूहका २०५ जना पक्राउ, २४ जना कारागार चलान

सुदूरपश्चिम प्रदेशमा सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लवका २ सय ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने १ सय ६५ जना मुद्दा दर्ता भइ छुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

१२ जना सोधपुछ पछि छुटेको प्रहरीको तथ्यांक छ भने ४ जनामाथि अनुसन्धान जारी छ। पक्राउ परेकाहरुमाथि प्रहरीले १ सय ९१ मुद्दा दर्ता गरिएको जनाएको छ भने २ वटा मुद्दा दर्ता गर्न बाँकी रहेको छ। मोरङमा विप्लव समूहले शिक्षकको अपहरण गरि हत्या गरेको घटनाले विप्लव समूहले हिंसाको बाटो अंगाले भन्दै सुदूरपश्चिममा समेत सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार