बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशभक्तकै बिउ भुट्ने खेल

देशभक्तकै बिउ भुट्ने खेल

  • बुधबार, मंसिर २४, २०७७
देशभक्तकै बिउ भुट्ने खेल

हाम्रो देशमा खास गरेर १८१५-१६को त्यो घृणित सुगौली सन्धि पछि लगातार कुनैन कुनै बहानामा देशका होनहार देशभक्त युवा शक्तिलाई सखाफ पार्ने अघोषित शड्यन्त्र हुँदै आएको ईतिहाशले देखाउँछ।
दुनियाँ भरीमा लडाकु वीर पौरखी हाम्रो शन्तान जस्लाई अंग्रेज हरुले खलङ्गाको नाला पानी युद्ध पछि “हाम्रा बहादुर दुश्मन’भन्दै सलोट ठोकेका थिए र गोर्खाली हरुलाई बहादुरको उपाधी बाट सम्मानित गरेका थिए।त्यो बहादुर लाई बद्नाम गर्न प्रयात्न हुँदै आएकोछ।
अंग्रेजको आफिसर मानेक शा ले भन्थे”कसैले मर्न डराउँदैन भन्छ भने या त त्यो झुठ बोल्छ या त्यो नेपाली हो”यसरी नेपालीहरुको दुनियामा बहादुरीको गाथा छ जिवित कथाछ।त्यसैलाई समाप्त गर्न बहादुरीलाई अचानो बनाएर बद्नाम गर्न छिमेकीहरुले मन मष्तिक बाटै ब्याबहारिक रुपमा बिस्तारवादी बिचार अप्नाउँदै आयो।उस्ले पहिले अंग्रेजको त्यो गोर्खा भर्तिलाई सम्मानको नाउँमा बलिको बोका बनाउँदै आयो।भारतमा भान्शेलाई ,चौकिदार लाई, निजि आफ्नो नोकरलाई नाम गरेर बोलाउँन छाडे उस्को नाम हुँदा हुँदै बहादुर भनेर बोलाउँछन।अनि यदा कदा कसैले चोरेर भाग्यो त्यो पनि बहादुर,कसैले बलत्कार गय्रो त्यो पनि बहादुर,रक्सि पिएर बाटामा पल्ट्यो त्यो पनि बहादुर यानिकी गलत काम गर्नेहरु पनि बहादुर भन्दै बहादुर लाई बद्नाम गर्न त्यो नामलाई प्रयोग गरे।अहिले भारतका कयौँ राज्यामा बेटर पार्टिका ठेकेदार सँग नेपाली दरुवा सुरुवाल र ढाकाटोपि अनि आस्कोट लगाउँन लगाएर नेपाली पोषाक माथिपनि हमला गरिदैछ।यसरि नेपाली हरु भान्शे चौकिदार र उनिहरुको सेवकको रुपमा चिनाउँदैछन।देश भाषा साँस्कृति भेशभुशा सबैमा चौतर्फिय आकार्मण गर्दै
उस्ले आफ्नो बिस्तारवादी पहल वा प्रतिक्षाण गर्दै आएकोछ।
यो अभ्यास पहिलो पल्ट सिक्किममा अप्नायो।सिक्किममा त्यो बेला नेपालीहरुको बहुल्या थियो उनिहरु लाई आफुले लडेर जित्न नसक्किने देखेर उनिहरुलाई अंग्रजी ब्यबहार अप्नाएर आपसमा लडाउँन थाल्यो जति बेला राजा चोग्यालको राज थियो राज तन्त्रको बिरुद्ध गर्ने र पहिले बिदेशी हरु देशबाट खेद्नलाई त्यँहाका जनताहरुलाई भड्कायो त्यहा भयका बिदेशी भन्निने नेपाली जनता थिए।त्यँहा बाट नेपाली जनतालाई न लखेट्दा सम्म छिमेकिको स्वार्थ पुरा हुँन सक्दैनथ्यो।त्यँहा लडाई गराउँदा नेपाली मर्थे र छिमेकिलाई फाईदा नै हुँन्थ्यो सिक्किमका मरेपनि नेपालका मरेपनि त्यो ब्यबहारले गर्दा उस्ले सिक्किममा राज गर्न सफल भयो।
नेपाललाई सिक्किम बनाउँने योजना सुरू गर्दा त्यति सजिलो थिएन त्यसकारण उस्ले फिजिकरण गर्ने योजना बनायो।फिजि मा उस्ले पहिले त्यँहा ईखको खेति गर्नसक्ने पाँच सए किसान लाई पठाएको थियो,त्यँहा चिनि मील्सहरु थिए जमिन प्रसस्तै थियो उनिहरुलाई ऊँखुको खेति गर्ने ज्ञान पनि थियो तर त्यसका लागि मज्दुर थिएन भारतमा त्यो बेला अकाल थियो भुकमरी थियो त्यसैले गर्दा फिजि सँग एउटा सम्झौता गरेर उखुको उत्पादन गर्ने किसानलाई पठायो।ति किसानहरुले राम्रो काम गरेपछि बिस्तारै त्यँहाका जमिन्दारहरुले पनि भारतिय मज्दुरहरुको माग र्दै गय परिणाम भारतियहरुको त्यो ठाउँमा बहुमत भयो उनिहरुले बाणिज्यमा भागलिने गरे जमिन जायज्याथ का मालिक भए अनि त्यँहाको संसदमा समेत बलियो पकड बनाउँन सफल भयपछि को पिएम समेत एकपटक भारतिए बनेका थिए महिन्द्र चौधरी।त्यो देशलाई मिनि ईण्डिया भनिन्छ।
ठिक त्यहि ब्याबहार भारतले नेपाल सँग गर्दै आयो १९४७मा भारतको आजादी पछि सन १९५०को कथित मैत्रि शन्धिलाई अध्यायन गरेपछि प्रष्ट हुँन्छ छिमेकिको ईचछ्या र नियति के छ भन्नेकुरा।सन १९५०को सन्धिको धारा सातले भारतलाई त्यो छुट दिएकोछ उनिहरुले नेपालको बाणिज्यमा भाग लिने जग्गा खरिद बिक्रि गर्ने लगायतका दुबै देशका जनतालाई बराबर छुटदिएकोछ।तर उस्ले बिस्तारै त्यो अधिकार एकतर्फिए गराउँदै आएकोछ।
एकातिर छिमेकी लाई देशभित्राउँने आर्को तिर देशका युवाहरुलाई अघोषित रुपमा रोजगारको बहानामा देश निकाला गर्ने अनि पटक पटक गृहयुद्ध गराएर देश भक्तहरुको हत्या गराउँने।कहिले क्रान्तिको नाउँमा कहिले गोर्खा भर्तिको नाउमा युवाशक्तिलाई बन्दुक दिएर देशका होनहार युवा शक्तिलाई सखाफ पारेर गोर्खाली त्यो बहादुर हरुको बिउ भुट्ट्ने शडयन्त्र त होईन?यो मनमा त्यस्ता सङ्का उप संकाहरु जन्मिन थालेकाछन।सरकार र छिमेकिको ब्यबहारले गर्दा।
हाम्रो देशको सरकारको ब्यबहार रातो हरियो जुन सुकै आएपनि मिल्दो जुल्दो हुँन्छ।छिमेकीको अगाडि लमपसार पर्ने र बिस्तारै आफै उठाउँदै आएका मुद्धाहरुमा मौन बस्ने।छिमेकिका माग र निर्देशनहरुलाई प्राथमिकता दिने त्यसैले गर्दापनि देश र यो देशका जनताहरुलाई ठुलो खतरा देखा पर्छ।

चर्चामा

सम्बन्धित समाचार