शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बिद्यालयमा सरसफाइ अबस्थाको अनुगमन

बिद्यालयमा सरसफाइ अबस्थाको अनुगमन

  • मङ्लबार, मंसिर २३, २०७७
बिद्यालयमा सरसफाइ अबस्थाको अनुगमन

खप्तड छेडेदह गाँउपालिका ५ मा रहेको डोगडी आधारभुत बिद्यालयमा सरसफाई अबस्थाको बारेमा छलफल तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष हर्क रावत लगायत सरोकारवाला निकायहरुको सहभागितामा अनुगमन गरिएको एकृकित विकास समाज नेपालमा कार्यरत सामाजिक परिचालक रुपा खड्काले वताएकी छन् ।
अनुगमनका क्रममा बिद्यालय सरसफाइको अवस्था, शौचालयको ब्यबस्थापन, फोहोर ब्यबस्थापन, फोहोर फाल्ने खाल्डा हरुको ब्यबस्थापनका बारेमा अनुगमन सँगै शिक्षक र बिद्यार्थी सँग छलफल गरिएको छ । साथै बिद्यालयमा बालमैत्री धाराको अबस्था र प्रयोगका बारेमा समेत अनुगमन गरिएको रुपा खडकाले वताएकि छन् । करेसारी बिद्यालय को शैक्षिक तथा भौतिक अबस्थाका बारेमा जानकारी साथ छलफल गरिएको थियो ।
सरसफाई सँगै बिद्यालयमा सरसफाई साम्रागिको ब्यबस्थापन र कोरोना को विषय छलफल गरिएको थियो । एकृकित विकास समाज नेपालले खप्तडछेडेद गाँउपालिका ५ वटा वडाका २२ वटा आधारभुत बिद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । बिद्यालयमा सरसफाईको अबस्था र ब्यबस्थापनमा सहयोग गरिरहेको छ । एकृकित विकास समाज नेपालले ३ बर्ष देखि बिद्यालयमा सरसफाई क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार