किसान हरुको लागि बिउछैन मल छैन,
सिँचाई गर्नको लागि देशभित्र जल छैन।
भन्न त भन्छन किर्षिप्रधान देशहो हाम्रो,
जोत्नेहो किसान सँग गरु एक हल छैन।
कृर्षियोग्य जमिन पलाटिङ्ग हुँदा केभनौ,
खेति गर्नलाई जमिन समेत अब्बल छैन।
सरकारले भन्छ खेत बारि बाँजो नराखौँ,
बिना सुबिधाका किसानपनि अटल छैन।
बर्षभरी मज्दुरी गर्छौ आकासको भरमा,
किसान लाई मिहेनतको प्रति फल छैन।
कम्युनिष्टकै सरकार भन्छन देशभित्र मा,
किसान लाई सहयोग गर्ने हल चल छैन।
कमेरा बर्गको लडाई त आफैले गर्नु पर्ला
सरकारमा गरिब किसानकै कुनै दल छैन।