बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कभर स्टोरी
  • बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्

बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्

  • मङ्लबार, मंसिर २३, २०७७
बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्

बाहिरको चटपटा र अस्वस्थकर खाना खाने चलन जस्तै भइसकेको छ । यस्ता खाना मनलाई त मनपर्छ तर स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले शरीर रोगको घर बन्ने गर्छ । अब फोक्सोको कुरा गरौं । धेरैजसो जङ्क फुड जस्तै, मःम, समोसा, चाउचाउलगायतका खानेकुरा मैदाबाट बन्ने गर्छन् र यही मैदा फोक्सोका लागि विष समान हुन्छ । किनभने यो आन्द्रामा लामो समयसम्म टाँस्सिएर बस्ने गर्छन् जसका कारण सास फेर्न समस्या, पेट दुखाई, मोटोपनाजस्ता समस्या निम्तिने गर्छ । त्यसैले तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदैछौं जुन फोक्सोका लागि निकै फाइदाजनक मानिन्छन् ।

स्याउः स्याउ फोक्सोका लागि भिटामिन सी, इ र एन्टी अक्सिडेन्टले भरपुर एक उत्कृष्ट फल मानिन्छ । यसले फोक्सोलाई स्वस्थ राख्छ र सास फेर्ने समस्या हुनेहरुलाई पनि यसले फाइदा पुर्याउँछ ।

पानीः पानीले पनि फोक्सोमा जलन हुन दिँदैन भने सुन्निएको छ भने कम राहत प्रदान गर्छ । त्यसैले दिनमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुहोस् । यसबाहेक पानीले तपाईंको शरीरका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ ।

लसुनः लसुन फ्लेवोनोयड्स र ग्लूटाथियोन जस्ता गुणको त्यो भण्डार हो जसले फोक्सोलाई स्वस्थ बनाउन पूर्ण रुपमा सहयोग गर्छ । यसबाहेक लसुनले रगतलाई पातलो गर्ने काम पनि गर्छ । त्यसैले राती हल्काम तातो लसुन खानुहोस् ।

ओखरः फोक्सोको स्वास्थ्यका लागि ओखरलाई एक राम्रो स्रोत मानिन्छ । किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ जसले सास फेर्न समस्या भएको खण्डमा राहत प्रदान गर्छ भने अन्य समस्या पनि टाढा राख्छ । त्यसैले आफ्नो खानामा दैनिक ओखर समावेश गर्नुहोस् ।

अदुवाः शरीरलाई डिटक्सिफाइ गर्न र फोक्सोबाट विषाक्त तत्व बाहिर निकाल्नका लागि अदुवा निकै फाइदाजनक छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले फोक्सोलाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्छ ।

ब्रोकलीः ब्रोकलीमा पाइने फोलेट, भिटामिन सी, क्यारोटिनोयड एवं फाइटोकेमिकल्सजस्ता तत्वले फोक्सोलाई बलियो राख्ने काम गर्छ । त्यसैले दैनिक ब्रोकली खानुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार