• होमपेज
  • समाज
  • बाजुरामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि

बाजुरामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि

  • सोमवार, मंसिर २२, २०७७
बाजुरामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लाका बिभिन्न स्थानिय तहमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको संख्यमा बृद्धि हुदै गएको छ । बिगतका आर्थिक बर्षहरुको तुलनमा आर्थिक बर्ष २०७६/७७ मा निकै बढि भएको तथ्याङक सार्बजनिक गरिएको छ ।
बाजुरा जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार २० बर्ष मुनिका २१ जना र २० माथिका ८८६ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ ।
जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी पाउनुका साथै आइपास नेपाल तथा पीसविन बाजुराको सहयोगमा बिभिन्न जनचेतना कार्यक्रम तथा स्थानीय तहमै सुरक्षित गर्भपतन सेवा संचालन भए संगै यो सख्या बढेको स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख रुकम थापाले बताए ।
आइपास र पीसविन बाजुराद्धारा जिल्लाको सदरमुकाम मार्तडीमा आयोजित पत्रकारसंगको अन्तक्रृया गोष्ठी कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका तथ्याकं प्रमुख थापाले जिल्लामा आइपास लगायतका संस्थाहरुको सहयोगमा पछिल्लो समय जनचेतना र गाउँमा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु भए संगै यो तथ्याकं बढेको बताए ।
बाजुरा जिल्लाका जिल्ला अस्पताल लगायत १५ ओटा स्वास्थ्य संस्थाबाट बिगत देखी सुरक्षित गर्भपतन सेवा संचालन हुदै आएको छ । जसमा जिल्ला अस्पताल, आटिचौर स्वास्थ्य चौकी, बाजुरा स्वास्थ्य चौकी, बुढिगंगा स्वास्थ्य चौकी, दहकोट स्वास्थ्य चौकी देवलसैन स्वास्थ्य चौकी, जयबागेश्वरी स्वास्थ्य चौकी, जुगाडा स्वास्थ्य चौकी, कैलाशमाण्डौ स्वास्थ्य चौकी, काँडा स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र । पाण्डुशैन स्वास्थ्य चौकी,रुगिन स्वास्थ्य चौकी, साप्पाटा स्वास्थ्य चौकी र तोली देवल स्वास्थ्य चौकीमा सो सेवा संचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

No description available.
२०५९ साल असोज १० गते भएको मुलुकी ऐनको ११ औं संसोधनबाट नेपालमा बिशेष अबस्थाहरुमा गर्भपतन गर्न कानुनी मान्यता दिएको थियो । २०७५ साल, असोज २ गते प्रमाणिकरण भई लागू गरिएको “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन” ले सुरक्षित गर्भपतन सम्बन्धि कानुनी ब्यवस्थाहरुमा केही संसोधन गरिएको छ । उक्त नयां ऐन अनुसार, निम्न अबस्थाहरुमा गर्भपतन गर्न कानुनी मान्यता दिएको छ ।
गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मकोे गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले अठ्ठाइस हप्तासम्मकोे गर्भ, जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले अठ्ठाइस हप्तासम्मकोे गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागे को महिलाकोे मञ्जुरीमा अठ्ठाइस हप्तासम्मकोे गर्भ, भ्रूणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटीक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाइस हप्तासम्मकोे गर्भलाइ गर्भपतन गर्न मिल्ने कानुनमा उल्लेख गरिएको छ ।
तर कानुनमा कसैले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन हुँदैन । गर्भवती महिलालाई गर्भको लिङ्ग पहिचान गर्न डर वा त्रास देखाई वा करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी वा अनुचित प्रभाव, झुक्यानमा पारी, जोर जुलुम गरी दबाब दिन वा बाध्य पारी कसैको पनी गर्भपतन गर्न नपाइने कुरा कानुनमा उल्लेख गरिएको छ ।
आइपास र पिसविन बाजुराको आयोजनामा संचालन भएको सो पत्रकार संगको अन्तकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन पीसविन बाजुराका कार्यक्रम अधिकृत महेश जोशीले गरेका थिए कार्यक्रको सहजीकरण आइपासका केन्द्रीय प्रतिनिधी लक्ष्मण केसी र स्वास्थ्य कार्यालयका तथ्याङक शाखाका रुकम थापाले गरेका थिए । सो कार्यक्रमका जिल्ला स्थित बिभिन्न संचारमा माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो कार्यक्रम बडिमालिका नगरपालिकाको हलमा संचालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार