——
१-उमेर भित्र बैँस
बैँस पछिको उमेर
छुट्टिएको गुदी र बोक्रा।
२-हात्ती र संघियता
गरिवलाई बक्सिस
कठिन भरण पोषण।
३-आक्रोश र आवेश
विवेक शून्य अवस्था
अन्तर्घात लाई प्रसय!
४- ठूल ठूलो गर्जना
बाढी पहिरो जोखिम
साख जोगाउन कठिन।
५- को सासु को बुहारी
राजनीतिमा जुहारी
एकता नै गर्हुङ्गो भारी।
-प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर