देशभित्र शंघर्ष त अब धुनधान हुँनै पर्छ,
जनताको हक र हितमा निदान हुँनै पर्छ।
सरकारले गर्दैन काम ब्यबहार पनि रुखो,
भ्रम छर्न भन्छ सदै मिठो उखान हुँनै पर्छ।
जहाज र रेल आयो मुक्तभयो कालापानी,
सत्ताको लागी छिमेकी मेहरवान हुँनै पर्छ।
हेर मुर्दालाई बिउँताउँने कसरत हुन थल्दा,
जिउँदाको पनि आन्दोलन उठान हुँनै पर्छ।
गज्जब छ यो देशको कथा र ब्याथा हाम्रो,
राजजन्त्र आए शहिदको अपमान हुँनै पर्छ।
दुश्मनपनि हसाएकै होला हाम्रो ब्यबहारले,
अब ता यस्तो कुतर्कको अफसान हुँनै पर्छ।