हाम्रो समाजनै एक प्रकारले ढौङ्गी हो,धागी हो।आफ्नो स्वाङ्गलाई ढाक छोप गर्न अनेकानेक जाल-झेल गर्दै आएकोछ।नेपालमा बसेका नेपाली जनताहरुको पूर्व ईतिहाश सिकारी प्रकारकोछ।बनका कण्ठमुल खाने चरामारेर खाने सिकार खेल्ने दाउँ पेच सिकेका हामि लडाकु स्वभाबका मान्छे भयकोले लड्न मार्न र मर्न पनि डराउँदैनौ।
हाम्रो शन्तान एक प्रकारको हिँशक गतिबिधीमा जनम्यो हुर्कयौ।त्यसैले हाम्रो शन्तानहरु लाई बिदेशीहरुले आफ्नो देशको बिकाश गर्न आफ्नो र देशको रक्षा गर्न नेपाली हरुलाई चुन्यो र प्रयोग गर्दैआयो।हामिले “प्राण जाउस बचन नजावश”आफ्नो काम क्रतब्य बफादारी र ईमानदारी सँग बहन गर्दै आएकोले हामिलाई विर भनियो बहादुर भनियो अनि हामि तेसैमा फुरुक्कै परेर भोकै प्यासै पनि उस्को लागि लड्न र मर्न तैयार भयौँ।परिणाम हामिले मानसिक रुप बाट गुलामी गर्यो।यध्यापि हाम्रो देश कहिलेई गुलाम भयन तर हामिले सदियौँ देखिनै गुलामी गर्दै आएकाछौँ।
आफुलाई धनीको रक्षकको रुपमा स्थापित गय्रौ त्यो परमपरा रहँदै आयो।बिदेशीहरुले हामि बाट सदियौँ देखुन फाईदा उँठाउँदै आएकोछ।पहिले बृटिश भारतमा गोराहरुको लागि लडाई लड्ने बेला हाम्रै बिचमा पनि हाम्रो सन्तानले भारतकै लागि दुईप्रकारको भूमिका निर्वाह गर्दै आयो।एउटाले अंग्रेज सरकारको नुनको बदला रगतले चुक्ता गय्रो भने आर्को तिर भारतिय जनताले चलाएको स्वाधिन आन्दोलनलाई समर्थन गरेर उनै सिपाहीहरुको गोलिको सिकार भयौँ।
उनिहरुले हाम्रो लागि केहि गर्नुको साटो देशलाई टुक्रा पारे ,भाई भाई सँग लडाए अति क्रमण गरे त्यो अति क्रमण भूमिमा मात्र होईन सास्कृतिक रहन सहन धर्म आदिमा अतिक्रमणको परमपरा चल्दै आयो।भारतको आजादी पछिपनि भारतिय धनीहरुको घर बजार र गल्लि भान्शे चौकिदार र देशको रक्षेकको रुपमा नेपालीहरुले भारतलाई सहयोग गर्दै आएकोछ।
तर हामिले आफ्नो र आफ्नो देशको लागि केहि गर्न सकेनौ बरु समाजलाई झुट र फरेब गर्न सिकायौँ।परमपराको नाउमा रुढीवादी ब्यबहार अप्नाएर कसैलाई बोक्सीको आरोप लगायौँ जो हामि आफैलाई थाहाछ कि बोक्सी भन्ने कतैछैन तर त्यसैलाई परमपरा बनायौँ दन्ते कथा सुनायौँ। कसैलाई धनु लगाउँन लगायौँ कसैलाई बोक्सि बनायौँ।कोई छोरी चेलिलाई छाउ गोठ तिर भगायौँ युवाहरुको मस्तिकमा लाहुरे हुँनुपर्छ भन्ने छाप भयो।कस्तो सामाजिक बिड्मबनाहो?हामिले आफ्ना कुलकुलानीलाई पसुको बलि चढाएर खुसि राख्न खोज्छौँ अनि आफुलाई हिन्दु समाज भन्दै धाग लगाउँछौँ।कसैले आफ्ना देवतालाई मदिरा कसैले भाँग चडाएर देबि देवतालाई खुसि राख्ने क्रममा आफ्नो मात्रृत्व भूमी र स्वायम आफैका जनम दाता लाई अपहेलित र तिरस्कार गर्दै वास्तबिक बिषयलाई छाडेर काल्पनिक कथामा रमाउँदै ढुङ्गालाई पुजागर्दछौँ।यही हामिहरुको वास्तबिक कथा र ब्याथाहो।
यस्तो रुढीवादी समाजलाई आमूल परिवर्तन नगर्दा सम्म हामि मध्य कसैको पनि भलो हुँदैन।मानव समाजलाई जातिय जामा लगाएर जात को बिभाजन गरेर छुवाछुतलाई बर्चस्व दिएर ढुँङ्गाको पुजा गरेर पशुको बलि चढाएर मात्रै हामिले आफ्नो कुलको रक्षा गर्न सक्छौ भनेर कस्सिएको समाजमा भित्र त्यहि जगमा हुँर्किएको कम्युनिष्ट वास्तबमा कम्युनिष्ट नभयर त्यो अवसरवादनै हो।त्यसैले कम्युनिष्ट आफुलाई देखाउँन अनेक जालझेल गर्नु उस्को बर्तमान बाध्याता भयकोछ।जनताले आमूल परिवर्तन चाहेकाछन तर आफ्नो त्यो स्वाङ्ग छाड्न सक्दैनन।उनिहरुलाई कुल पनि चाहियो कुल पुजागर्ने पशुको बलिपनि चाहियो अनि कसरी यथार्थया कम्युनिष्ट बन्छन?जबकी कम्युनिष्ट भौतिकवाद हो उस्ले आध्यात्मक वादलाई आफ्नो दुश्मन ठान्छ।तर अधिकाँश कम्युनिष्ट भनाउँदाहरुले त्यो रुढीवादी कथित धार्मिक ग्रन्थलाई छोड्नै सक्दैनन ठिक त्यसैको परिणाम आज देशमा एक प्रकारको पेण्डुलुम कम्युनिष्ट बन्न पुगेकोछ।त्यसैमा आफ्नो अस्तित्व जोगाउँन अनेक झुठ र स्वाङ्गको प्रदिशप्रदा भएकाछन।
एक्काईसौ शताब्दिको समाजलाई वैज्ञानिक धरतलमा लगेर मानिसहरुले चन्द्रमाको सेएर गरेकाछन।टेक्नोलोजीको क्षेत्रमा ठुलो क्रान्ति आएकोछ।हाम्रो दुबैतिरका छिमेकीहरु अहिले बिस्वमा प्रदिशप्रधा गर्दै छन तर हामिले चर्केको घामलाई हत्केलाले छेकेर समाजलाई अंधकारतिर ढेकल्दैछौँ।यहि हाम्रो समाजको यथार्त बिड्मबना युक्त कथा र ब्याथा हो।