शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना

‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना

  • शुक्रबार, मंसिर १९, २०७७
‘डिसेम्बर फल्स’मा आर्यनको जोडी उपासना

फिल्म ‘डिसेम्बर फल्स’ अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरीको अभिनय रहने भएको छ । केही साता अगाडि एक कार्यक्रम सहित निर्माण घोषणा भएको फिल्म अभिनेता आर्यन सिग्देलको जोडीको रुपमा उपासना भित्रिएकी हुन् ।

फिल्म घोषणा कार्यक्रममा निर्माण टीमले हिरोइनको नाम केही दिनमा टुंगो लाग्ने बताएको थियो । अहिले भने हिरोइनको रुपमा उपासनासँग सम्झौता भएको निर्माता रामप्रसाद रिजालले जानकारी दिए ।

अभिनेता अनमोलको फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी उपासनाले त्यसयता केही फिल्म अभिनय गरेकी छन् । फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई, दयाराम दाहाल लगायतको अभिनय रहनेछ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन प्रविन झा र छायाँकन रवि नाइडुले गर्नेछन् । दुवै भारतको फिल्म उद्योगमा काम गर्ने र सुटिङको तयारीका लागि केही दिनपछि नेपाल आउने छन् ।

राजकुमार भट्टसमेत निर्माता रहने फिल्मका पटकथा तथा संवाद केदार भुषालले लेखेका हुन् । फिल्म आउँदो साउन महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार