शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराः ३ महिना अगाडी बिच बजारबाटै ५८ हजार लुटेर भागेका लुटेरा फेला 

बाजुराः ३ महिना अगाडी बिच बजारबाटै ५८ हजार लुटेर भागेका लुटेरा फेला 

  • बिहिबार, मंसिर १८, २०७७
बाजुराः ३ महिना अगाडी बिच बजारबाटै ५८ हजार लुटेर भागेका लुटेरा फेला 
तस्विर :- जिल्ला प्रहरी कार्यालय बाजुराकाे फेशबुकबाट

बाजुरा — बाजुरा जिल्लाको सदरमुकामा मार्तडीको लोकतान्त्रीक चोकबाट एक बृद्धको पैशा लुटेर भागेका एक जना फेला परेका छन । २०७७ असोज २६ गते बिच बजारबाट एक बृद्धको पैशा लुटेर भागेका बडिमालिका नगरपालिका वडा न ९ का २१ बर्षिया गोपाल बिकले लुटेको थाहा हुन आएको प्रहरीले जनाएको छ ।
हिमाली गाउँपालिका वडा न ५ बच्छ्याका ६४ बर्षिया चाउरे मलालका ५८ हजार रुपैया लुटेर फरार भएका बिकले केही दिन अगाडी राष्ट्रिय बाणिज्य बैकं अगाडीबाट एक महिलाको ८ हजार रुपैया समेत लुटेका र खोज अनुसन्धनको क्रममा मलालका ५८ हजार रुपैया समेत उनले लुटेको प्रमाणीत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी मदनजित महराले बताएका छन ।
हिमाली गाउँपालिका ५ का चाउरे मलाल हुलाकी हुन उनले हुलाकबाट तलव लिएर फकिर्दा ति युबकले देखेको र तपाईलाइ पैशा कम आएको छ एक पटक पैशा गन्नुपर्ने भयो यता दिनुहोस भनी लगेको पछी फेर्ता नगरपछी प्रहरी संग उजुरी समेत परेको र प्रहरीको अनुसन्धन पछी ति युबकले नै लुटेको बुझिएको छ ।
मंगलबार दिउँसो राष्ट्रिय बाणिज्य बैकमा अपाङ्ग भत्ता बुझेर गेटमा रुपैया गिन्ती गरीरहेकी महिलाको हातबाट तानेर लिएर फरार रहेका युवकलाई प्रहरीले केही समयमै उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगि बयान र अनुसन्धन गर्दै जादा त्यही युबकले चोरको प्रमाणीत भएको प्रहरीको भनाई रहेको छ ।

बिभिन्न अनुसन्धानपछि ति युबकले बृद्ध मलालकाे पैशा लिएकाे र सबै पैशा रक्सी खाएर सकेकाे २ हजार ५ सय मा एउटा जकेट किनेकाे बुझिएकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रहरीसंगकाे बयान यस्ताे छ 

जिल्ला बाजुरा, हिमाली गाउँपालिका ५ बच्छ्याँ बस्ने वर्ष ६२ को चाउरे मलालले मिति २०७७।०७।०२ गते अं. १४:०० बजेको समयमा जिल्ला हुलाक कार्यालय, बाजुराबाट तलव स्वरूप बुझिलिएको नगद रू.५८,०००।– (अन्ठाउन्न हजार) ऐ. बडिमालिका नगरपालिका वडा नं. ८ लोकतान्त्रिक चोकमा पुग्दा तपाईको नाम चाउरे मलाल हो ? तपाई हुलाकको कर्मचारी हो ? तपाईले तलव स्वरूप रू.५८,०००।– बुझि लिएको हो ? भनी प्रश्न गर्दा मैले हो, हो भनी उत्तर दिएपछि कल्साउदो वर्ण, वर्ष अं.२०।२२ को पुरूषले तपाईले पाउनु पर्ने पैसा बढी हो, तपाईको हाकिमले कम पैसा दिएको छ, तपाई यहींनेर बसिराख्नुस्, म तपाईको हाकिमलाई भेटी तपाईले पाउनुपर्ने जति पुरै पैसा मागेर ल्याईदिन्छु, त्यो पैसा मलाई दिनुहोस, भनी प्रलोभनमा पारे जस्तो गरी हातबाट खोसी लगी फरार भएको भनी यस कार्यालयमा निवेदन पश्चात खोजतलास गर्दा फेला नपरी भागी फरार रहेको र पुनः मिति २०७७।०८।१६ गते अं. १०:३० बजेको समयमा ऐ.बडिमालिका न.पा. ८ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिकबाट तपाई अपाङ्ग निर कुमारी कार्कीको आमा हो ? तपाईको नाम धना कार्की हो ? तपाईलाई बैंकले कम पैसा (रूपिया) दिएको छ ? ल्याउनुहोस म बैंकमा गएर थपेर ल्याई दिन्छु भनी मलाई भन्दा मैले तपाई को हो ? र मैले त चिनेन ? मेरो पैसा सबै ठिक छ भन्दाभन्दै मेरो हातमा रहेको मैले बैंकबाट निकालेको रू.८,२००।– (आठ हजार दुई सय) रूपिया हातबाट खोसी लगी फरार भएको भनी जिल्ला बाजुरा बडिमालिका न.पा. १ बस्ने धना कार्कीले मौखिक निवेदन पश्चात तत्काल प्रहरी परिचालन गरी ऐ.ऐ. बडिमालिका न.पा. ९ बस्ने वर्ष २१ को गोपाल बि.क.लाई एकिन गरी पक्राउ गरी खानतलासी गर्दा उल्लेखित रकम सहित बरामद हुन आएकोले चोरी मुद्दा कसूरमा सम्मानित अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ।

चर्चामा

सम्बन्धित समाचार