सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा समुदायमा फैलियो कोरोना, तर चेकजाँच छैन

बुढिगंगामा समुदायमा फैलियो कोरोना, तर चेकजाँच छैन

  • बिहिबार, मंसिर १८, २०७७
बुढिगंगामा समुदायमा फैलियो कोरोना, तर चेकजाँच छैन

बाजुरा —  बुढिगंगा नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको भएपनि कोरोना चेकजाँच नभएको पाईएको छ । नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह र नगरपालिका १३ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखाएको थियो ।
नगरपालिका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना देखा परेपनि तिनहरुका घर परिवार र सम्पर्कमा आएकाको चेकजाँच भने कतै बाट भएको छैन् । कोरोना जाँचगर्दा सम्म घरपरिवार सँग घुलमिल भएर बस्यौ, पोजेटेभि आएपछि मात्र आइसोलेसनमा बसेको नगरपालिका लेखा अधिकृत तिलक थापाले वताए । गाँउमा कोरोनाको लक्षण भएका धेरै बिरामी रहेका छन्, तर चेकजाँच नहुँदा समस्या भएको उनले वताए । नगरपालिकाले केहीको स्वाब संकलन गरेर पठाउदा पनि ६ जना समुदाय स्तरमा कोरोना पोजेटिभ देखा परेको थियो ।
बुढिगंगा नगरपालिका ५ नुवाघरमा नगरपालिकामा कार्यरत दुई जना र एकजना समुदायकोमा कोरोना देखा परयो । उनिहरु परिवार र गाँउ समाजमा घुलमिल रहेका थिए, घरका सदस्य तथा गाँउका धेरैलाई कोरोना जस्तै लक्षण देखा परेका छन्, तर जाँच नहुँदा समस्या भएको स्थानियले वताएका छन् । ३ जनाको जाँच गरेको हो, उनिहरु पोजेटिभ देखिएका हुन्, उनिहरु नगरपालिका कार्यरत भएकाले नगरपालिको जाँच गरेको थियो, समुदायमा कस्ले गर्ने एक स्थानियले वताए ।
गाँउभरी कोरोनाको जस्तो लक्षण भएका धेरै बिरामी रहेका छन् । डरले पनि अस्पताल कोही जादैन्न, अर्को स्वाब संकलन गरेर जाँच गर्ने नहुँदा समस्या भइरहेको छ । नगरप्रमुख दिपक बिक्रम शाहले भने कर्मचारीको चेक गर्दा १३ जना पोजेटिभ भए गाँउमा त धेरै संक्रमित हुन सक्ने उनले वताए । गाँउमा कोरोना जस्तै रुघाखोकिका लक्षण धेरैलाइ छ, समुदया स्तरमा जाँच नहुदा समस्या भएको वताए ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने लक्षण सहित देखा परेमा अस्पतालले जाँच गर्ने भनेको छ । अर्को जिल्लामा चेकजाँच गर्ने नभएकाले पनि समस्या भएको उनले वताएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण गह्रैले भने लक्षण भएमा चेकजाँच गर्ने ब्यबस्थापन गरेका छौ, नभए अहिले समुदाय स्तरमा चेकजाँच गर्न शुरु नभएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार