• होमपेज
  • समाज
  • दुई समूहबीच झडप, एक जनाको मृत्यु

दुई समूहबीच झडप, एक जनाको मृत्यु

  • मङ्लबार, मंसिर १६, २०७७
दुई समूहबीच झडप, एक जनाको मृत्यु

बाँकेको जानकी गाउँपालिका–५ स्थित बानियागाउँमा दुई समूहको बीचमा झडप भएको छ । झडपमा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले रातोपाटीलाई बताए ।

सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा ‘पुरानो विषय’लाई लिएर दुई समूहबीच विवाद भएको थियो । सो विवाद बढेर झडपको रुप लियो ।

दुई समूहबीच हानाहान हुँदा गम्भीर घाइते भएका धनिरामको उपचारको क्रममा नेपालगञ्ज नरसिंह कलेजमा निधन भएको हो ।

झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । झडपमा सहभागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार