देश बिदेशमा आज संघियताको ब्यापक बिरोध भयकोछ।यस्का पछाडिको कारण केहो त्यस बारे र यो संघियताको बारेमा जनताले बुझ्नै पर्ने हुँन्छ।देश जनताको हो नाकि मुट्ठिभर नेताहरुको मात्रै।
६२-६३को जन आन्दोलनले देशमा राजतन्त्रलाई घुँटा टेकायो।देशका जनताले संघियताको माग गरेको ईतिहाश छैन तर २०६३पौशमा मधेशवादीहरुको आन्दोलन भयो त्यो आन्दोलन बाट आत्यियर तत्कालिन आठ राजनैतिक पार्टिहरुको अन्तरिम सरकारले १६फागुन२०६४मा अन्तरिम संबिधान लाई संसोधन गरेर आठ बुँदे समज्दारी गरि संघियता लाई सम्बिधानमा समाबेश गरियो। २८चैत्र२०६४मा सम्बिधान सभाको निर्वाचन भयो।दोस्रो पटकको सम्बिधान सभाको निर्वाचन पछि बल्ल बल्ल सम्बिधान निर्मणा गरियो जस्लाई १५जेष्ठ२०६५मा देशलाई संघिय गणतान्त्रिक घोषणा गरियो त्यस पछि लगातार देशमा राजमोले गणतन्त्रको संस्थागत र संघियताको बिरोध गर्दै आएकोछ।देशमा संघियता भित्रिएपछि लगातार बिरोध जनाउँदै आएको राजनीतिक पार्टे त्यो बेला एउटा मात्र राजमो थियो।जस्ले आवहान गरेको काठमाण्डौ केन्द्रित बाह्र दिने आन्दोलनमा भारतको समाज सेबि सँगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त आन्दोलमा त्यो बेला एक्यावद्धता जनाउँदै करिब २६०जना नेता कार्याक्रता हरुले काठमाण्डौ केन्द्रित आन्दोलनमा प्रतेक्षा भाग लिएका थिए।भारत स्थित नेपाली श्रमजिवीहरुले लगातार राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको पक्षमा आवाज उठाउँदै आएको स्थापना काल सन१९७९देखिको ईतिहाशछ।
वास्तबमा भन्नु पर्दा देशमा संघिय साशन प्रणालि आर्थिक ,भोगौलिक,साँस्कृतिक कुनैपनि कोण बाट हेर्दा उपयुक्त छैन र देशमा संघिता मेल खाँदैन।देश एक प्रकारले भूपरिबेष्ठित छ जसको शमून्दर बाट समान आयात निर्यात गर्ने आफ्नो बाटो छैन।सुगौलि संधिबाट देश साउँरिएको र आधा सामन्ति र आधा उपेनिबेशिक अबस्थामा रहँदै आएकोछ।गोर्खा भर्ति केन्द्र खोलेर देशका युवाहरु लाई खान र लाउँनमा भाडाको सैनिक बनाएर भाई भाईलाई आपसमा बिदेशीले लडाईकोछ।भारतको तिन तरि र चीनको एकतिरबाट बिचमा परेको दुई ढुँङ्गाको तरुल नेपाल कृर्षि प्रधान र गरिब देशहो।छिमेकिले कुनैन कुनै बहानामा देशको अर्थतन्त्रलाई र साँस्कृतिलाई कम्जोर बनाउँदै आफ्नो एउटा मण्डिको रुपमा प्रयोग गर्दै आएकोछ।निरन्तर अतिक्रमण गर्दै आएकोछ।यो अबस्थामा देशलाई सबै भन्दा ठुलो नोक्सान संघियताले हुँन सक्ने तक्रिवन सबैलाई अबगत हुँदा हुँदै त्यहि संघियतालाई लागु गर्न खोज्नुले संका उत्तपन्न गर्दछ कि काँहि सरकारमा बिदेशीहरुको कटपुत्लि नाच नाच्ने जमघट बढेको ता छैन?।
हाम्रो देशको माटो स्वाँउदो साशन ब्यबस्था भनेको प्रजातान्त्रिक बिकेन्द्रियतामा आधारीत एकत्मक राष्ट्र हो जो स्थानिय स्वत्ता नै जनताको भरप्रदो ब्यबस्था हुँन्छ।यसरि जनतालाई अधिकार सम्पन्न पनि गराउँन सकिन्छ र देश अखण्ड रहिरहन्छ।
आज देशमा र संसार भरिनै कोरोना को महामारिले थलापारेको अबस्थामा देशलाई संघियता बाट भाईर निकालेर त्यो खर्च बाट देशमा आएको महामारी बाट पिडित भयका जनताहरुको उत्थान गर्न सजिलो हुनेछ।
कोरोना बाट देशभित्र दिनौदिन सैकडौको ताददातमा मरिजहरु देखिन्छन अहिले दुईलाख ३२हजार जति कोरोना संक्रमित र १४८०भन्दा पनि बढिको मृत्यु भैसकेको यो जटिल र भयाभाव अबस्थामा देशमा राजोमोले एक पटक फेरि दुरदर्शियता मा आधारित नारा दिएर संघियताको बिरोध गर्दैछ र देशको प्रतिनिधित्व गर्दैछ।संघियतालाई हटाएर आसानि सँग कोरोना को जटिल अबस्था सँग जुझन प्रयास गर्नु राष्ट्रको हितमा हुँनेछ।
देशमा ७७जिल्ला महानगर पालिका६,उप माहानगर पालिका११,गाउँपालिका४६०,नगरपालिका२७६,अनि १३५मन्त्रि,आठौटा सरकार नौवटा संसद८८४सान्सदछन।त्यहि अनुसारको खर्चछ त्यो खर्च काँबाट ल्याउँने?
देशमा आयश्रोत जनतामा लगाएको सरकारी कर,जनताले बिदेशमा काम गरेको बाट प्राप्त रेमिटेन्सि बाहेक केहिछैन।यस्तो अबस्थामा देशभित्र त्यो संघियतालाई खारेज गर्नुको बिक्लव छैन।संघियता रहिरहने हो भने देशको अबस्था सुडान,यथियोपिया,नाईजेरियाको जस्तो दयानिय बस्था आउँन धेरै समय लाग्ने छैन।देशभित्र लगातार संघिय ब्यबस्थाले दिएको नकारत्मक संकेतलाई ध्यानमा राखेर ढिलो नगरि संघियता लाई खारेज गर्नु समयको माग भयकोछ। देश एसियाको भ्रष्टचारी सुचिमा प्रथम भयकोछ।देशको गरिबी रेखा मुनि आएकोछ जनताको टाउकोमा बिदेशि रिण भढ्दै गयकोछ।त्यसकारणले पनि संघियतालाई छिट्टै खारेज गर्न देशभक्त र जनतान्त्रिक शक्तिले देशको यो एउटै राष्ट्रिय झण्डा छोपेर शंघर्ष गर्न अगाडि बड्नु पर्ने यतिबेला समयको माग भयकोछ।