• होमपेज
  • अन्तर्राष्ट्रिय
  • ज्वालामुखी विष्फोट, २६ गाउँ विस्थापित

ज्वालामुखी विष्फोट, २६ गाउँ विस्थापित

  • सोमवार, मंसिर १५, २०७७
ज्वालामुखी विष्फोट, २६ गाउँ विस्थापित

एजेन्सी–  इन्डोनेसियामा आइतबार फुटेको विशाल ज्वालमुखी फुटेको छ । इन्डानेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो ज्वालामुखी विष्फोट भएको हो । उक्त विष्फोटका कारण सो क्षेत्रको पर्यावरणीय सन्तुलनमाथि निकै ठूलो प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

समाचार एजेन्सी आईएएनएसको रिपोर्टअनुसार उक्त ज्वालामुखी विष्फोटका कारण आकाशमा ४ हजार मिटरको उचाईसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो । ज्वालामुखी विष्फोटपछि वरिपरिका क्षेत्रमा उच्च सतर्कता अप्नाउन निर्देशन जारी भएको सामाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहबाट १ हजार १८ मिटरको उचाईमा विष्फोट भएको उक्त ज्वालामुखीको आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न भनिएको छ । आइतबार बिहान १० बजेर ४५ मिटेनमा ज्वालामुखी विष्फोट भएको थियो । विष्फोटपछि सो क्षेत्रका २६ गाउँका २ हजार ७ सय ६० जनाले आफ्नो घर छोड्न बाध्य भएका छन् । विष्फोटमा कोही हताहत भएको समाचार प्राप्त भएको छैन । एएफपीका अनुसार ज्वालामुखी विष्फोटपछि स्थानीय हवाई सेवा बन्द गर्न निर्देशन दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार