बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन

सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन

  • शनिबार, मंसिर १३, २०७७
सुरु भयो उद्योग वाणिज्य महासंघको निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकिएकोमा एशोसिएट तर्फको मतदान केन्द्र कार्की बैक्वेटमा बिहान ९ बजे, वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ राष्ट्रिय प्रज्ञ प्रतिष्ठडान कमलादीमा १० बजेदेखि मतदान सुरू भएको हो ।

कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखी छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार