बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ६
  • विप्लवका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती

विप्लवका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती

  • शुक्रबार, मंसिर १२, २०७७
विप्लवका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधि बढेपछि हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन गरिएको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले ३० जना सुरक्षाकर्मीको टोली गाउँगाउँमा परिचालन गरेको हो ।

पछिल्लो समय हुम्लाको तल्लो भेगमा राज्यबाट विप्लव समूहका गतिविधि बढेपछि तीनवटै सुरक्षा निकाय सम्मेलित सुरक्षा गस्ती परिचालन गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

‘जिल्लामा पछिल्लो समय विप्लव समूहका गतिविधि बढेको पाइएका छ । त्यसकारण हामीले सुरक्षा सतर्कता बढाउन संयुक्त सुरक्षा टोली गाउँसम्मा परिचालन गरेका छौं,’ प्रजिअ गिरीले भने, ‘र पहिलोपटक सुरक्षा गस्ती गाउँसम्म पुगेको छ ।’

प्रजिअ गिरीका अनुसार पहिलोपटक मंसिर ६ गतेदेखि जिल्लाबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाड लगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फर्किएको छ । उक्त टोलीलाई पुनः गाउँ पठाइदै छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्ती बढाएका छन् । केहीदिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मुलगेटमा दुईवटा सकेट बम राखिएको थियो ।

विकट क्षेत्रमा प्रहरीको फितलो निगरानीका कारण विप्लव समूहका सांगाठानिक संरचना बलियो बन्दै गएको छ । विप्लवले संगठन विस्तार गर्ने, नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने लगाएतका गतिविधि गरिरहेको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार