सुरेशकुमार पान्डे।
अहिले हाम्रो देशको राजनीतिक अबस्थालाई मूल्यांकन गर्दा हर कसैले पनि कु नीतिका उदारणहरु दिन्छन।किन की देशको राजनीति अदुरदर्शिय,केटौले पन र ठटौले पाराको खिचलो भेटिन्छ त्यो समग्रहमा हो। तर कम्युनिष्टहरुको कुरा गर्दा खास गरेर सरकारको मूल्यांकन गर्दा उस्ले कम्युनिष्टको आबरणमा निम्नस्तरको पुँजीवादको अभ्यासमा छ।सरकारले कम्युनिष्टको छत र छाँया भित्र रहेर कम्युनिषँटको खिल्लिउडाउँदै कम्युनिष्टको जरा काट्दैछ भन्ने कुरा हरकसैले प्रष्ट सँग बुझेकाछन।कयौँ उनैको पछिलागेर बैतर्णि जान थालेकाछन।देशमा रहेका कम्युनिष्टहरु अहिले कम्युनिष्टनै हो भनेर ठ्याक्कै भन्न सकिने अबस्था देखिदैन ब्याबहार हेर्दा कम्युनिष्ट देशमा अपबादनै होला।
देशमा कम्युनिष्ट आन्दोलनको यो ताजा अबस्था र संसारमै कम्युनिष्टहरुको बिउभुट्टिदै आएको अबस्थामा काम्रेड एङ्गेल्सको जिवनीले खास महत्व राख्छ।१८२०नोभेम्बरमा जर्मनको वारमेन भन्ने गाउँमा आज भन्दा२००बर्ष पहिले जन्मिएका एङ्गेल्सको परिवार त्यो बेलामा धनी नै थियो।उन्का पिता एउटा कारखानाका मालिक थिए।आफ्नै गाउँमा प्राथमिक (साधारण)शिक्षालिएपछि एल्पाकैन्ट कालेजमा जिम्मेजियनको अध्यायन गर्नथाले।तर आफ्नै घरयासि कारणले पढाई पुरा गर्न सकेनन् र१८३८मा एउटा ब्यापारीक संस्थामा नोकरी गर्न थाले।
एङ्गेल्स बिध्यार्ति जिवनमा नै निरंकुस साशनको बिरोधी भए।जब मान्छेले कुसँस्कार बाट घृणा गर्छ उस्ले त्यो सम्रचना बाट उम्किने बाटो खोज्छ,त्यस्तै प्रकारले उनि हिगेलका परिवर्तनशिल बिचारधारा बाट प्रभाबित भए।हिगेलको द्वन्दवादी बिचारधारालाई आत्म साथ गर्दै अगि बढ्ने क्रममा हिगेलको आदर्शवादी अबधारणालाई भने उन्ले अस्विकार गरे।१८४१ई.मा बार्लिनको तोपखानामा भर्ति भएर युद्ध कला सम्बन्धी ज्ञान हासिल गरेपछि उनि मैनचेस्टरमा गएर आफ्नै पिताको कारखानामा काम गर्न थाले।उन्लाई काम्रेड कार्ल मार्क्सलाई जस्तो आर्थिक दरिद्रताको जस्तो मार झेल्नु परेन।तरपनि मज्दुरहरुको पिछडियको अबस्था बाट उनी अत्याधिक चिन्तित भए।उन्को बिचारमा मज्दुरहरुले आफ्नो मुक्तिको बाटो आफैले पहिलाउँनु पर्छ भन्ने थियो।उन्ले मज्दुरको सम्पूर्ण मुक्ति समाजवादमा गयर मात्रै हुँन सक्छ भनेर दावा गरेकाछन।(बेलाएतका मज्दुरहरुको अबस्था,भन्ने पुस्तक लेखेर प्रकासित गराए)सरल भाषामा लेखिएको उक्त पुष्तकले सर्वहारा आन्दोलनमा ठुलो प्रभाव पाय्रो।उन्ले चार्टिष्ट आन्दोलनका नेताहरु सँग सम्प्रक राखेर अगाडि बढ्ने क्रममानै कार्ल मार्क्सका बिचारलाई अध्यायन गरेर उनि मार्सका बिचारबाट प्रभावित भए।त्यसपछि पत्रचार गरेर सम्प्रक गर्नथाले।उनिहरु को पहिलो प्रत्यक्ष भेट १८४४मा पेरीसमा भयो।यहि उनिहरुको केहि दिन सँगै बसे पछि उनिहरुको सयुँक्त प्रयासमा’पबित्र परिवार’भन्ने पुस्तक लेखियो।त्यो पुस्तकमा बादेरका भ्रमपूर्ण सिध्दान्तको खण्डन गरेर उनिहरुले क्रान्तिकारी भौतिकवादको ब्याख्या गरिएकोछ।पछि एङ्गेल्सले आफ्नो ब्यबसाय लाई छाडेर१८४७मा पेरीस गए मार्क्स सँगै ब्रूसेल्श पुगेर मज्दुर बर्गको मुक्ति अभियानमा जुटे।
कम्युनिष्ट”लीग”को घोषणा पत्र तैयार पार्ने क्रममा मार्कस सँगै फ्रेडरिक एङ्गेल्स पनि लागे।१८४८ई.मा जर्मनिमा पनि क्रान्तिकारी उभार आईरहेको थियो।उन्ले त्यँहाको त्यो अबस्थालाई देखेर क्रान्तिमा टेवा पुराउँने उदेश्यले उनि जर्मनी फर्के।एङ्गेल्सको गतिबिधी देखेर प्रतिकृयावादीहरुले उन्को चेवा गर्न थाले।त्यो परिस्थितिमा उनि स्विटजरल्याण्डको बाटो हुँदै मेनेचेष्टर पुगे र पुन कार्खानामा काम गर्न थाले।साथै कार्ल मार्क्सलाई पनि केहि आर्थिक सहयोग गर्न थाले।कार्ल मार्क्सले एङ्गेल्सको सहयोग बारे पछि पत्र लेखेका थिए”तिमि नभयको भए मैले मात्र यिनी कामहरु पुरा गर्न सक्ने थिएन,मेरो लागि तिमिले आफ्नो प्रतिभा गुमाउँदै कारखानाको त्यो निसास्सिँदो बाताबर्णमा थुनिन पुग्यौ।”मार्क्स बेलायतमा छँदा उनि मेनचेस्टरमा बसेका थिए।तरपनि दैनिक सम्प्रकमा रहन्थे र बिचार आदान प्रदान गर्दथे।एङ्गेल्सको बिचार कार्ल मार्क्स सँगनै बस्ने थियो परिणाम उन्ले १८७०मा आफ्नो सम्पति बेचेर लण्डन आए र मार्क्स सँगै बसे।उनिहरुको बैचारीक सम्बन्ध घनिष्ट थियो।मार्क्स शैधान्तिक चिन्तक को प्रतिवादक र एङ्गेल्स ब्यबहारिक बिष्लेषक थिए।एङ्गेल्स स्वायम असाधारण दार्शनिक भयरपनि मार्क्सलाई गुरुनै सम्झिन्थे।उनिहरुको मैत्रिपूर्ण छलफलपछि एउटा खास रचना जन्मिन्थ्यो।साँचै भन्नु पर्दा मार्क्सवाद दुबैजनाको “योग”नै मान्नु पर्छ।१४मार्च १८८३मा मार्क्सको मृत्यु पछि एङ्गेल्सलेनै वैज्ञानिक समाजवादको ब्याख्या गरेका हुँन।साथै मार्क्सका धेरैजसो अधुरा काम उनैले पुरा गरे। उन्को७५बर्षको आयुमा १८९५मई ६मा लण्डनमै उन्को पनि निधन भयो।यिनि दुबैजनाले संसार भरीका मज्दुरहरुको पक्षमा आफ्नो सारा जिवन लगाए।आज उनैले तैयार पारेको त्यो घोषणा पत्रमा उल्टा उल्टा ब्याख्या गरेर मज्दुरहरुको पसिना लुट्न अवसरबादीहरुले शडयन्त्र गर्दै आएकाछ।