बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहकाे दाेस्राे रिपाेट पनि कोरोना पाेजेटिभ आएकाे छ । उनलाइ काेराेना पुष्टि भएकाे १४ दिन पछि फेरि पनि पाेजेटिभ आएकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् । उनलाइ १४ दिन पहिला अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको थियाे ।
दाेस्राे रिपाेट पाेजेटिभ आएपनि स्वास्थ्य अबस्था भने सामान्य रहेकाे छ । उनि अहिले हाेम आइसाेलेसनमा बसिरहेका छन् । सात दिनपछि फेरि उनकाे स्बाव जाँचका लागि पठाइने नगरपालिकाले वताएका छन् ।