शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका सम्पुर्ण बिद्यालयमा नियमीत पठनपाठन शुरु

बडिमालिका नगरपालिकाका सम्पुर्ण बिद्यालयमा नियमीत पठनपाठन शुरु

  • आइतवार, मंसिर ७, २०७७
बडिमालिका नगरपालिकाका सम्पुर्ण बिद्यालयमा नियमीत पठनपाठन शुरु
बाजुरा जिल्लाकै अत्याधिक बिद्यार्थीको चाप रहेको मालिका माद्यामिक बिद्यालयमा स्वास्थ्य शुरक्षाका आधारभुत मापडण्ड पुरा गर्ने गरि बिद्यालय संचालन गरिएकाे अबस्था

बाजुरा — चैत्र ११ गते देखि सरकारले घोषण गरेको लकडाउनका कारण पठनपाठन प्रभावित बनेका बडिमालिका नगरपलिकाका सम्पुण बिद्यालयमा नियमीत रुपमा पठन पाठन शुरुभएको छ ।

शैक्षिक सत्र शुुरुभएको सात पहिनापछि सुनसान रहेको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यामीक बिद्यालयको प्राङगण आज देखि बिद्यार्थीहरुले भरीभराउ भएका देखीन्छन ।

नगरपालिकाले मंसिर ३ गते नै बिद्यालय नियमीत रुपमा संचालन गर्न निर्देशन गरेको भएपनी आजबाट बिद्यार्थीहरु औपचारीक बिद्यालय पोसाका सहित बिद्यालयमा उपस्थित भएको मालिका नमुना माद्यामीक बिद्यालयका प्रार्चाय शुभराज पाध्याले बताए । कोरोनाको जोखिम कायमै रहेको भएपनि लामो समयपछि बिद्यालयमा आफ्ना बिद्यार्थी भेट्न पाँउदा बिद्याथी र शिक्षक हर्षित भएको प्राचार्य पाध्ययले बताए ।

बाजुरा जिल्लाकै अत्याधिक बिद्यार्थीको चाप रहेको मालिका माद्यामिक बिद्यालयमा कोरोन संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य शुरक्षाका आधारभुत मापडण्ड पुरा गर्ने गरि बिद्यालय संचालन गरिएको बिद्यालयले जनाएको छ । करिव २ हजारको हाराहारीमा बिद्यार्थी रहेको मालिका नमुना माद्यामिक बिद्यालयले यस अघि दुरशिक्षा कक्षा र बैकल्पीक कक्षाहरु मार्फत सिकाई सहजीकरण गरेको थियो ।

बडिमालिका नगरपालिकाका ग्रामिण क्षेत्रका बिद्यालयहरुले यस अघि नै नियमित रुपमा संचालनमा ल्याएको भएपनि सदरमुकाम मार्तडीमा रहेका निजी तथा सामुदायिक बिद्यालयहरुले बैकल्पीक रुपमा सिफ्ट अनुसार पठन पाठन गरिएको थियो ।

नगरपलिकाका सम्पुण विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका न्युनतम मापडण्ड पुरागरी विद्यालयहरुलाई मंसिर ३ गते देखी नै बिद्यालय नियमीत रुपमा संचालन गर्न पत्राचार गरिएको बडिमालिका नगरपालिकाका शिक्षा बिकास तथा समन्वय साखा प्रमुख राम बहादुर कुटुवालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार