शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण बाट बिजुलि बल्यो

बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण बाट बिजुलि बल्यो

५१ घरमा बल्याे बत्ति

  • आइतवार, मंसिर ७, २०७७
बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण बाट बिजुलि बल्यो

बाजुरा–बिद्युत्त प्राधिकरणले बाजुरामा समुदायमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बालेको छ । बुढिगंगा नगरपालिका ३ मा ५१ घरमा बत्ति जोडेर समुदाय स्तरमा बाजुरामा राष्ट्रिय प्रसारण लाइन बाट बत्ति बालेको नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख महेश चन्द्र भट्टले वताए ।
बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर बुढिगंगा वडा नम्बर ३ मा लाइन बिस्तार गरिएको छ । पहिलो पटक बिजुलि बाल्न पाँउदा निकै खुशी भएको वडा नम्बर ३ का वडा अध्यक्ष खडक अधिकारीले वताएका छन् । बिद्युक्तका लागि अन्य धेरै प्रयास गरेका थियौ, राष्ट्रिय प्रसारण लाइन आएपछि बिजुली बाल्न पाएको उनले थपे । सदरमुकाम मार्तडीको पावरहाउस सम्म बत्ति पुयाएको भएपनि मार्तडीमा यतैको साना लघुजलबिद्युक्त भएकाले मार्तडीमा भने बत्ती नजोडेको कार्यलयले जनाएको छ ।
नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका अनुसार चाडै बुढिगंगा नगरपालिका १, २ र ३ वडामा पुरै बत्ति बालि सक्ने जनाएको छ । बुढिगंगा नगरपालिकामा १ हजार घर धुरीमा राष्ट्रिय प्रसारण लाइनको बत्ति बाल्ने योजना रहेको कार्यलयले वताएको छ ।
राष्ट्रिय प्रसारण लाइन समुदायमा बाजुरामा पहिलो पटक बलेपछि प्रतिनिधि सभाका सासंद लाल बहादुर थापा द्धारा बत्तिको उद्धघाटन गरिएको छ । सांसद थापाले भने बाजुराका ९ वटै स्थानिय तहमा चाडो भन्दा चाडो राष्ट्रिय प्रसारण लाइन जोडन पहल गर्ने वताएका छन् ।
बुढिगंगा नगरपालिका १, २ र ३ वडामा पोल सबै गाडिसकेका छन् । लाइन तान्ने काम भइरहेको छ, ति वडाहरु एक दुई महिनामा झिलिमिल पारिसक्ने बिद्युत्त प्राधिकरणले बताएको छ । बाजुरामा केन्द्रिय प्रसारणको ३३ केभी लाइन ल्याएको प्राधिकरणले जनाएको छ । सब स्टेशन सदरमुकाम मार्तडीमा स्थापना हुने भएको छ । अहिले अछामको सब स्टेशन बाट जलाएका छौ, चाडै बाजुरामा सब स्टेशन हुने प्राधिकरणले जनाएको छ । बाजुरोका उत्तरी क्षेत्रको कोल्टिमा पनि सब स्टेशन स्थापना गर्ने योजना रहेको कार्यलयले जनाएको छ ।
शनिवार सासंद लाल बहादुर थापाको प्रमुख अतिथिमा राष्ट्रिय प्रसारण लाइनको उद्धाटनमा जिल्ला स्थित सरोकारवाल निकायको सहभागिता रहेको थियो । वडा अध्यक्ष खडक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्थानिय कृष्ण अधिकारीले गरेका थिए ।
नेपाल बिद्युत्त प्राधिकरणले त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाँउपालिका र उत्तरी क्षेत्रका चार स्थानिय तहमा पनि लायन बिस्तारका लागि पोल गाढने काम भइरहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले गत बर्ष नै सदरमुकाम मार्तडी नजिकै बिजुली पुयाइसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार