शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बैतडी गौ हत्या गर्नेलाई के कारवाही हाेला त ? यस्तो छ कानूनी व्यवस्था

बैतडी गौ हत्या गर्नेलाई के कारवाही हाेला त ? यस्तो छ कानूनी व्यवस्था

  • शनिबार, मंसिर ६, २०७७
बैतडी गौ हत्या गर्नेलाई के कारवाही हाेला त ? यस्तो छ कानूनी व्यवस्था

बैतडी प्रहरीले १४ गाई मृत भेटिएको प्रकरणमा हत्या आशंकामा १ जनालाई पक्राउ गरेको छ ।

व्यवस्थापन गर्ने भन्दै पाटन नगरपालिकाबाट प्रती गाई २ हजार रुपैयाँका दरले ठेक्कामा लिएर लैजाने मध्येका पुर्चौडी नगरपालिका–५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘पार्कीलाई पक्राउ गरी जिल्ला ल्याएका छौँ,’ बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, ‘सोधपुछ गर्ने काम भइरहेको छ । उनीमाथि गौ हत्याको कसुरमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार नगरपालिकाबाट ३४ गाई लैजाने पार्कीका अर्का सहकर्मी सुरेश पार्की भने फरार छन् । उनको खोजी भईरहेको छ ।

पाटनबाट टिप्परमा लोड गरी लगेका ३४ मध्ये १४ गाई बैतडीकै पुर्चौडी नगरपालिका वडा नम्बर ६ को भेरी खोला मुहानमा मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

ती गाईको हत्या गरी खोलामाथिको भीरबाट फालिएको हुनसक्ने आशंका गरिएको छ ।

यस्तो छ गौ हत्या सम्बन्धी दण्ड सजायको व्यवस्था

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसुरमा गाई, गोरु मार्न वा कुट्न नहुने उल्लेख छ ।

परिच्छेद २७ को दफा २८९ को उपदफा १ मा भनिएको छ, ‘कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।’

सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने उल्लेख छ ।

उपदफा (३) मा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना हुने व्यवस्था छ ।

तर गाई वा गोरुले जिउ ज्यानमा क्षति पुगाउन लागेका बेला मर्न गएकामा कसुर गरेको नमानिने व्यवस्था समेत गरिएको छ ।

उपदफा ४ मा भनिएको छ, उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आप्mनो वा अरुको जिउ वा ज्यानमा पु¥याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।

चर्चामा

सम्बन्धित समाचार