कञ्चनपुर जिल्लाको वेलडाँडी गाउँपालिकाका ५ नंं. वडाध्यक्ष कृष्ण रोकाया (५७) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सो वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी शुक्रबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । ईलााका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार उनी विहान ७ बजे घरबाट निस्केका थिए ।
घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको घर र सो सामुदायिक वनबीचको दूरी २ सय मिटर रहेको छ ।