शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व

चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व

  • शुक्रबार, मंसिर ५, २०७७
चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व

नवलपरासीको महेशपुर भन्सार कार्यालयले चार महिनामा १२ करोड १७ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो चार महिनाको राजस्व अहिलकै धेरै रहेको पाइएको छ । भन्सारमा मालसमानको निकासी पैठारी बढेपछि राजस्वमा बृद्धि भएको भन्सार कार्यालले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्षको श्रावण र भदांै महिनामा ४ करोड ९१ लाख ८६ हजार ४३० रुपैयाँ राजस्व उठेको थियो भने असोज महिनामा ४ करोड ७४ हजार ९६ रुपैयाँ र कार्तिक महिनामा ३ करोड २५ लाख २६ हजार ४३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको ।

कार्यालयका अनुसार पैठारी भन्सार महशुलतर्फ ६ कराड ४९ लाख १९ हजार ६४५ रुपैयाँ संकलन भएको छ । यो राजस्व गत वर्षको तुल्नामा यसबर्ष राजस्वमा व्यापक बृद्धि भएको पाइएको छ । गत आर्थिक बर्ष कुल १५ करोड ८१ लाख ९६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो तर यसबर्ष यसरीनै राजस्वमा वृद्धि रहयो भने गत बर्षको तुलनामा दोब्बरै राजस्व उठने कार्यालयको अनुमान छ । कार्यालयले यस वर्ष १५ करोड ८१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको यस बर्ष लक्ष्यभन्दा बढी राजस्व उठने अनुमान रहेको कार्यालयका प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै जिल्लामा चोरी तस्करी गर्दा बरामद मालसमानबाट पनि भन्सार कार्यालयलमा ७८ लाख ६७ हजार २५० रुपैयाँ राजस्व दाखिला भएको छ । शससत्र प्रहरी तथा जनपद प्रहरीले जिल्लाको विभिन्न क्षेत्रबाट बरामद तस्करीका सर–सामानहरुको लिलामीबाट उक्त राजस्व दाखिला भएको छ । चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्ममा कुल १७८ वटा लिलाम भएको छ । शसस्त्र प्रहरीद्वारा बरामद मालसमानको लिलामबाट ३७ लाख ३६ हजार ६७५ रुपैयाँ, नेपाल प्रहरीद्वारा बरामद मालसमानको लिलामबाट ३५ लाख २५ हजार ६७५ रुपैयाँ र भन्सार कर्मचारीद्वारा बरामद मालसमानको निलामबाट ६ लाख ५ हजार रुपैयाँ गरि कुल ७८ लाख ६७ हजार २५० रुपैया राजस्व यस कार्यालयमा दाखिला भएको कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार