शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगा नगरपालिकामा जीपको ठक्कर लागेर १० बर्षिया बालकको मृत्यु

बाजुराको बुढिगंगा नगरपालिकामा जीपको ठक्कर लागेर १० बर्षिया बालकको मृत्यु

  • बुधबार, मंसिर ३, २०७७
बाजुराको बुढिगंगा नगरपालिकामा जीपको ठक्कर लागेर १० बर्षिया बालकको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाकाे डोगडीबाट बल्दै आउदै गरेको जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्मर १ कुणीका रति ल्वारका छोरा बर्ष १० का रमेश ल्वार रहेका छन ।

बिहान ९ बजेर ५० मिनेटमा साे घटना भएकाे र तत्काल बच्चाकाे उपचारका लागि अछामकाे बयालपाटा अस्पताल लगिएकाे र उपचारका क्रममा बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । सु प त ०१ ज १०२००३ नम्मरको जिपले ठक्कर दिएर घाइते बनाएको र बच्चालाई उपचारका लागि बयालपाटा पुगाउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।

गाडी ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी महाराले बताएका छन । उनका अनुसार घटनाको यथार्तका बारेमा अनुसन्धन भइरहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार