शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा नेकपा बैठक सुरु, ओली पनि सहभागी

बालुवाटारमा नेकपा बैठक सुरु, ओली पनि सहभागी

  • बुधबार, मंसिर ३, २०७७
बालुवाटारमा नेकपा बैठक सुरु, ओली पनि सहभागी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए । तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् ।

स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ । नेकपाभित्रको विवाद उग्र बन्दै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार