शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अनाथ बालवालिकालाई कार्यपालिका सदस्य गणेशले गरे सहयाेग

अनाथ बालवालिकालाई कार्यपालिका सदस्य गणेशले गरे सहयाेग

  • मङ्लबार, मंसिर २, २०७७
अनाथ बालवालिकालाई कार्यपालिका सदस्य गणेशले गरे सहयाेग

बाजुरा– बुढिगंगा नगरपालिका २ ताप्रामा रहेको बालगृहमा रहेका बालवालिकालाई लुगाकपडा सहयोग गरेका छन् । कन्सन बाजुरा वालगृहमा रहेका १२ जना वालवालिकालाई बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य तथा नेकपा नेता गणेश सुनारले लुगाकपडा सहयोग गरेका छन् ।
दशै तिहार खर्च कटाएर उनले वालगृहमा रहेका वालवालिकालाई सहयोग गरेका हुन् । उनले १२ जना बालवालिकालाइ ट्रयाकसुट र खेलकुद सामाग्री सहयाेग गरेका छन् । उनले गरेको सहयोगले बालगृहमा बस्ने बालवालिकालाई ठुलो सहयोग भएको बालगृहका संस्थाका संस्थापक अध्यक्ष गणेश थापाले वताएका छन् ।
२०७२ सलामा स्थापना भएको कन्सन बाजुराले जिल्लामा साहाराविहिन अनाथ १२ जना वालवालिकाले साहारा पाईरहेका छन् । आमा बुवा नभएका जिल्लामा पिडित वालवालिकालाई सहयोग गरिरहेका छौ, कतै बाट सहयोग भएको छैन्, चन्दा संकलन र गाँउलेको सहयोग मार्फत अनाथ वालवालिकाको सहयोग गरिरहेको गणेश थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार