गजल!
कस्लाई भनौ जिन्दगानी उखान भयो,
आफ्नै छायाँ पनि आज वे-मान भयो।
जिवन भरी आर्कैको भरिया बनेर पनि,
न ब्यबस्था न ओट लाग्ने मकान भयो।
दिन सकेनौ जनम भूमिलाई पौरख नी,
पुरा जवानि त बिदेशलाई कुर्वान भयो।
थियो नौलो जनवादी क्रान्ति को सपना,
सेलायो तैयारीमा न त्यो आबहान भयो।
सारा जिवन सिप पोखियो पसिना पोखे,
बुढेस कालमा भन्नथाले त्यो नादान भयो।
बुझ्न गारोछ मान्छेहरुको दाउँ पेजलाई,
देख्दा ता चिटिक्कै ब्यहोरा हैवान भयो।
यो सरिरले चलायो फरुवा उठायो बोझ,
ताकत घट्दै गयछ समस्या उफान भयो।
बैँसमा सबैको रखवाला यो सेते पनि ता,
आफ्नो सरिर तान्न नसक्ने बेजान भयो।
सुरेशकुमार पान्डे।