शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ देखीए संगै नगरका सबै सेवा बन्द

बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ देखीए संगै नगरका सबै सेवा बन्द

  • बिहिबार, कार्तिक २७, २०७७
बुढिगंगा नगरपालिका मेयर शाहलाई कोरोना पोजेटिभ देखीए संगै नगरका सबै सेवा बन्द

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएसंगै नगरपालिकाका सबै सेवा बन्द गरिएकाे छ । सार्बजनिक सुचना जारि गर्दै बुढिगंगा नगरपालिकाकाे सेवा बन्द गरेकाे जनाएकाे छ । २७ गते देखी सेवा नियमावली बमाेजिम सेवा संचालन गर्ने ब्यहाेरा उल्लेख गर्दै नगरपालिकाले सेवा बन्द गरिएकाे सुचना मार्फत जानकारी गराएकाे छ ।

केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।


मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको निगेटिभ देखीएको नगरपालिकाले जनाएको छ । मेयर शाह हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेका बताएका छन । उनको स्वास्थ्यमा कुनै समस्या नभएको मेयर शाहले जनाएका छन । स्वाव संकलनको बेला सामान्य रुघाखोकी लागेको मेयर शाहले बताए । मेयर शाह कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालयको सर्बदलिय बैठकमा समेत सहभागी रहेका थिए ।
केही दिन पहिला टाटेँ स्वास्थ्य चौकीमा कार्यरत १ जना कर्मचारी समेत कोरोना पोजेटिभ देखीएका थिए । हाल सम्म बाजुरामा ४ हजार ३३ जनाको परिक्षणमा बाजुरामा ५ सय ९२ जना कोरोना संक्रमीत रहेका छन भने हाल सम्म २ जना संक्रमीतको मृत्यु भईसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार