शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका खबरको समन्वयमा जिल्ला अस्पताल बाजुरालाई औषधि सहयोग

बडिमालिका खबरको समन्वयमा जिल्ला अस्पताल बाजुरालाई औषधि सहयोग

  • मङ्लबार, कार्तिक २५, २०७७
बडिमालिका खबरको समन्वयमा जिल्ला अस्पताल बाजुरालाई औषधि सहयोग

बाजुरा–जिल्ला अस्पताल बाजुरालाई बडिमालिका खबरको समन्वयमा औषधि र पिपिसेट सहयोग गरिएको छ । शान्ति सेवा गृहको सहयोग र बडिमालिका खबरको समन्वयमा सहयोग गरिएको बडिमालिका खबरका अनलाइन सम्पादक लक्ष्मिराज पाध्यायले वताएका छन् ।
औषधि बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्मालाई हस्तान्तरण गरेकाे छ । घाउ, जलेकाे, एलर्जिको औषधि र ३ सेट पिपिसेट सहयोग गरेको अस्पताल प्रमुख बिश्वकर्माले वताएका छन् । निशुल्क औषधि सहयोगले अस्पताललाई ठुलो सहयोग पुगेको उनले वताए ।
शान्ति सेवा गृहले बिकट क्षेत्रका लागि भनेर बडिमालिका खबरको समन्वयमा बाजुरा औषधि पठाएको थियो । बडिमालिका खबरले बिरामीको सबै भन्दा बढि चाप भएको जिल्ला अस्पताल बाजुरालाई सहयोग गरेको लक्ष्मिराज पाध्यायले वताएका छन् । बडिमालिका खबरले बाजुरामा सामाजिक सेवामा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार