शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अस्पताल बाजुराका ३ जना चिकित्सक सहित २२ जनाको रिपोट नेगेटिभ

अस्पताल बाजुराका ३ जना चिकित्सक सहित २२ जनाको रिपोट नेगेटिभ

  • मङ्लबार, कार्तिक २५, २०७७
अस्पताल बाजुराका ३ जना चिकित्सक सहित २२ जनाको रिपोट नेगेटिभ

बाजुरा–जिल्ला अस्पताल बाजुराका ३ जना चिकित्सक सहित २२ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ । नेपाली काँग्रेस बाजुराका नेता मान बहादुर रावललाई कोरोना पोजेटिभ भएपछि जिल्ला अस्पताल बाजुराले १७ जना स्वास्थ्यकर्मी सहित २२ जनाको स्वाब चेकका लागि डोटि पठाएको थियो ।
२२ जनाको स्वाब संकलन गरेर डोटि पठाएका थियौ, सबैको नेगेटिभ आएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मान बहादुर रावललाई पोजेटिभ देखिएपछि डा.रुपचन्द्र बिश्वकर्मा सहित होम क्वारेनटाइनमा बसेका थिए । रिपोट नेगेटिभ आएपछि काममा आएको बिश्वकर्माले वताएका छन् ।
केही दिन पहिला टाँटे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य केन्द्र सिल गरिएको छ । बाजुरामा पछिल्लो समय कोरोना संक्रमित देखिन थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार