बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेपाली काँग्रेस बाजुरा पुर्वपाटि सभापति रावललाई कोरोना संक्रमण

नेपाली काँग्रेस बाजुरा पुर्वपाटि सभापति रावललाई कोरोना संक्रमण

उपचारमा संलग्न अस्पताल प्रमुख डा. रुपचन्द्र होम आइसोलेसनमा

  • बुधबार, कार्तिक १९, २०७७
नेपाली काँग्रेस बाजुरा पुर्वपाटि सभापति रावललाई कोरोना संक्रमण

बाजुरा–नेपाली काँग्रेस जिल्ला कार्यसमिति पुर्वपाटि सभापति मान बहादुर रावललाई कोरोना संक्रमण भएको छ । श्वासफेर्न ग्राहो र निमोनिया देखा परेपछि रावललाई थप उपचारका जिल्ला अस्पताल बाजुराले सेति प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।
सेति प्रादेशिक अस्पताल धनगढीमा कोरोना चेकगर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रावल अहिले धनगढीमा आइसोलेसनमा बसिरहेका छन् । रावलले बडिमालिका खबर सँग भने खोकी लागि रहेको छ र श्वास फेर्न समस्या भएको छ आइसोलेसनमा बसिरहेको वताए ।
रावललाई जिल्ला अस्पताल बाजुरामा चेकजाँच गर्ने चिकित्सक डा. रुपचन्द्र बिश्वकर्मा पनि होम आइसोलेसनमा बसेका छन् । रावल जिल्ला अस्पताल बाजुरामा कार्तिक १७ गते उपचारमा आएका थिए, एक्सरे गर्दा निमोनिया देखा परेको र खोकि लागिरहेको थियो श्वास घटबढ हुने भएकाले उनलाई धनगढी रिफर गरेको बिश्वकर्माले वताएका छन् ।
कोरोनाको लक्षण चिन्ह देखा परेको थियो, अर्को उनको श्वास घटबढ भइरहेको थियो । उनलाई आइसियु र अक्सिजन चाइने अबस्था हुन सक्ने मध्यनजर गरेर धनगढी पठाएको अस्पताल बाजुराले जनाएको थियो । धनगढी उपचारमा पुगेका रावललाइ कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ ।
धनगढी बाट बाजुरामा नेता रावल कार्तिक ८ गते पुगेका थिए । उनलाई ९ गते देखि ज्वरो आएको थियो, ज्वरो सञ्चो नभएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । जिल्ला अस्पताल बाजुरा अस्पतालमा उपचार सम्भब नभएपछि धनगढी रिफर गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार