• होमपेज
  • समाचार
  • भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज अपराह्न नेपाल आउने

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज अपराह्न नेपाल आउने

  • बुधबार, कार्तिक १९, २०७७
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज अपराह्न नेपाल आउने

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने कार्यक्रम छ ।

शुक्रबार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भारतीय सेना प्रमुखको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले नेपाल अरु कसैको इशारामा चलेको भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।

नेपाल भ्रमणमा आउनुअघि भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार