बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • सुरक्षित गर्भपतन सम्बन्धी सरोकोरवालासंग अभिमुखीकरण

सुरक्षित गर्भपतन सम्बन्धी सरोकोरवालासंग अभिमुखीकरण

  • मङ्लबार, कार्तिक १८, २०७७
सुरक्षित गर्भपतन सम्बन्धी सरोकोरवालासंग अभिमुखीकरण

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आज सुरक्षित गर्भपतन सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जिल्लाका बाल क्लव, युवा क्लव सामुदायिक संस्था महिला समुह लगायतका सरोकारवालाहरु संग एकदिने अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको हो । पीसविन बाजुरा संगको सहकार्य आईपास नेपालको आयोजनामा सो गोष्ठीको आयोजना गरिएको थियो ।
जिल्लामा हुने असुरक्षित गर्भपतन रोक्न सरोकारवालाहरुको महत्वपुण भुमीका हुने भन्दै सो गोष्ठीको आयोजना गरिएको आईपास पिसविन बाजुराका कार्यक्रम अधिकृत महेश जोशीले बताए । जिल्लामा पछिल्लो समयमा असुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धि भएको खवर आईरहेका बेला सो कार्यक्रमले केही टेवा पुग्न सकोस भन्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत जोशीले बताए । सो कार्यक्रममा प्रजनन् स्वास्थ्यका बारेमा जिल्ला अस्पताल बाजुराका स्टाप नर्स धर्मा रोकायाले सहजीकरण गरिएको कार्यक्रममा सुरक्षित प्रजन सम्बन्धी पिसविन बाजुराका कार्यक्रम अधिकृत महेश जोशीले सहजीकरण गरेका थिए ।
पिसविन बाजुराका कार्यक्रम संयोजक जुद्ध रावलले स्वागत गरेको सो कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायका प्रतिनिधी, पत्रकारहरुको सहभागीता रहेको थियो ।
बाजुरा जिल्लामा बिगत २ बर्ष देखी सुरक्षित गर्भपतन सेवा, प्रजनन अधिकार हो भन्ने मुल नाराका साथ आइपास नेपालले जिल्लाका बिभिन्न ठाउँमा सुरक्षित गर्भपतन सेवाका बारेमा काम गर्दै आएको छ । आइपास नेपालले जिल्लामा प्रजनन् स्वास्थ्यका क्षेत्रमा तालिम गोष्ठी तथा जनचेतना मुलक कार्यक्रम गर्दै आएको आइपास नेपालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार