शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • खुट्टा भाँचिएका नविन चदाराको शल्यक्रिया सफल

खुट्टा भाँचिएका नविन चदाराको शल्यक्रिया सफल

  • सोमवार, कार्तिक १७, २०७७
खुट्टा भाँचिएका नविन चदाराको शल्यक्रिया सफल

बाजुरा–बुढीगंगा नगरपालिका–१, कुडीका १० वर्षीय नविन चदाराको भाँचिएको खुट्टाको शल्यक्रिया सफल भएको छ । सेती प्रादेशिक अस्पतालका हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा‍. प्रमोद जोशीको नेतृत्वमा चार जना चिकित्सकहरुको टोलीले आईतवार बिहान नविनको भाँचिएको खुट्टाको शल्यक्रिया गरेका हुन् ।

कार्तिक ११ गते बाख्रा चराउन गएको अवस्थामा लडेर खुट्टा भाँचिएका नविनलाई उपचारका लागि उनकी आमाले अछामको बयालपाटा अस्पताल लगेकी थिईन । त्यहाँ उपचार संभव नभएको भन्दै चिकित्सकहरुले धनगढी अथवा काठमाण्डौं जान सल्लाह दिए । धनगढी अथवा काठमाण्डौं लगेर उपचार गर्न साथमा पैसा नभएपछि उनका आमा पाउनीले नविनलाई घर फिर्ता लगेकी थिईन ।

पैसाको अभावमा उपचार गर्न नसकेर छोराको मृत्यु कुरिरहेकी पाउनीको कारुणीक पीडा बुझ्न बडिमालिका खबरकाे टिम नविनकाे घर पुगेकाे थियाे । उनकाे अबस्थाकाे बारेमा बडिमालिका खबर र सामाजिक सञ्जालमा राखेर उनकाे उद्धार शुरु गरिएकाे थियाे । निवनलाइ पश्चिम टुडेका सम्पादक दीर्घराज उपाध्यायसंगको समन्वयमा धनगढी पठाएका थिए । समाचार प्रकाशित भएपछि देश विदेशबाट २४ घण्टामा एक लाख २० हजार रुपैया जुटेको थियो ।

चर्चामा

सम्बन्धित समाचार