बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • पर्यटकको आकर्षण केन्द्र बन्दै कालाजग्रा

पर्यटकको आकर्षण केन्द्र बन्दै कालाजग्रा

कालाजग्रामा पदमार्ग निर्माण

  • शनिबार, कार्तिक १५, २०७७
पर्यटकको आकर्षण केन्द्र बन्दै कालाजग्रा

लक्ष्मीराज पाध्याय– बडिमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको बिचमा पर्ने धार्मिक तथा पर्यटकिय स्थल कालाजग्रा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
पछिल्लो समयमा कालाजग्रामा पदमार्ग निर्माण सँगै कालाजग्राको प्रचार प्रसार भएपछि आन्तरिक पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनेको बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । जिल्ला भित्र बाट मात्र नभई जिल्ला बाहिर बाट कालाजग्रा घुम्न जानेको संख्या बढदै गएको पाध्ययाले बडिमालिका खबरलाइ बताएका छन् ।
सदरमुकाम मार्तडी बाट ढम्कने सम्म गाडिमा जान सकिने गरेको छ छ । ढम्कने बाट करिब २ किलोमिटर पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माण हुँदा कालाजग्रा जानआउन सहज भएको छ । पहिला बाटो अफ्ठयारो रहेको थियो अहिले बाटो बन्दा जान निकै सहज भएको स्थानिय बल रोकायाले वताएका छन् ।
कालाजग्रा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२ सय मीटरको उचाईमा अवस्थित रहेको छ । कालाजग्रा दुईटा हिमालको बीच भाग सिंहको आकृतिमा देखिन्छ । मनमोहक आकृति बोकेको कालाजग्रा हिमालको टुप्पो कालाजग्रा देवीको उत्पत्तिस्थल रहेको विश्वासका आधारमा जिल्लावासीले “कालाजग्रा देवी’’ का नामले श्रद्धा भक्तिपूर्वक पुकार्दछन् ।
कालाजग्रा हिमाल बाजुराको पूर्वोत्तर र दक्षिणी क्षेत्रको दोसाँधमा अवस्थित छ । चट्टान भित्रको गुफाताल र हिमालको शिरानीमा रहेको मन्दिर क्षेत्र यस क्षेत्रका मुख्य आकर्षणले पर्यटक तानिरहेको छ । ढम्कने गाउँदेखि करिब डेढ घण्टाको उकालो चढ्दै पोरखे लेक छिचोलेपछि सुरुमा कालाजग्रा गुफाताल पुगिन्छ । तालको नजिकै पुग्दा माथिपट्टि तपाईको आगमनलाई स्वागत गर्न बसेझै लाग्ने सेताब्य हिमाल देखापर्छन । हिमालको आकर्षण संगै प्रकृतिको दुर्लभ उपहार झै लाग्ने चट्टान भित्रको गुफाताल र मन्दिर क्षेत्र हो ।
कालाजग्रा पुगेका पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह भन्छन्, चट्टानी गुफाको छेवैसम्म घनघोर जंगल छ । जंगलमा अजङ्गका सल्लाका रुखहरुले बैग्लै अनुभूति गराउँछ । सिंहले थपे प्रकृतिको वास्तविक रुप साम्ने आए झै लाग्छ । सुरुमा भिमकाय चट्टान भित्र गुफाताल देख्दा जो कसैलाई अचम्मित तुल्याउँछ । प्रकृतिको दुर्गभ उपहार जस्तै लाग्नृ गरेको उनले वताए ।
गुफाभित्र रहेको तालको गहिराइ, लम्बाइ लगायत क्षेत्रफलका वारेमा हालसम्म कुनै प्राविधिक अध्ययन हुन सकेको छैन । गुफातालदेखि थप ठाडो उकालो चढेपछि पुगिने कालाजग्रा मन्दिर क्षेत्रको रमणीयता त झन बेग्लै रहेको छ । कालाजग्रा माईको मन्दिर रहेको टुप्पोमा पुगिसकेपछि थकाईले लखतरान परेको शरीर भित्रको मन समेत चङ्गा हुने गरेको त्यहाँ पुगेकाले वताँउछन् । कालाजग्रा बाट दृश्यावलोकन हुने बडिमालिकाका फाँटहरु, कर्णाली नदी लगायत कर्णाली क्षेत्रका विभिन्न स्थानहरु, दक्षिणमा बझाङ, अछाम, डोटीसम्मका दृष्यहरुले मन फुरुङ्ग पार्ने गरेको छ । क्षणक्षणमा भई रहने मौषम परिवर्तन कालाजग्राको अर्को विशेषता हो । एकैछिनमा चर्को घाम लागेको हिमालमा क्षणभरमै कुहिरोले ढपक्क ढाकिन्छ ।
त्यो क्षेत्रको धार्मिक विश्वास पनि रहेको छ । अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वासले कालाजग्रा देवीको धार्मिक महिमा बढाएको छ । यहाँ दर्शन गर्दा साङ्ख्य योगको ज्ञान र अन्यपुर्ण कार्यवाट सम्भव नहुने ज्ञान फल यस मन्दिरको दर्शनपछि प्राप्त हुने विश्वास रहि आएको छ । ब्रह्महत्या, सुरापान, सुवर्णस्तेए जस्ता पापमा लिप्त मानिसहरुले यस तालको जल पिएपछि पापमूक्त भई पवित्र हुने धार्मिक विश्वास छ । कालाजग्रा चुचुरो देखि एक किलो मिटर तल बासु धारा छ । धाराको धार्मिक महिमा समेत कम छैन् । यस धारामा स्नान गर्दा रोग निको हुने जनविश्वास रहि आएको छ ।

चर्चामा

सम्बन्धित समाचार