• होमपेज
  • फुटबल
  • छेडेदह कप फुटबल प्रतियोगिता सुरू, पुर्व उद्याेग मन्त्री थापाद्धारा उद्धघाटन

छेडेदह कप फुटबल प्रतियोगिता सुरू, पुर्व उद्याेग मन्त्री थापाद्धारा उद्धघाटन

  • बिहिबार, कार्तिक १३, २०७७
छेडेदह कप फुटबल प्रतियोगिता सुरू, पुर्व उद्याेग मन्त्री थापाद्धारा उद्धघाटन

बाजुरा — जिल्लाकै सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता २०७७ आयोजना अाजदेखी सुरू भएकाे छ ।  खप्तड छेडेदह गाउँपालिका स्थित दशरथ माविको खेल मैदान आटीचौरमा प्रतियोगिता हुने खेलकाे उद्धघाटन नेकपा सुदुर पश्चिम अध्यक्ष तथा पुर्ब उद्याेग मन्त्री कर्ण थापाले  गरेका छन  । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले जिल्लाकाे खेलुकदका लागि गरिएकाे साे कार्य निकै राम्राे रहेकाे बताएका छन । क्लवका अध्यक्ष लाेकेन्द्र खड्काे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा पुर्ब उद्याेग मन्त्री थापा प्रमुख अतिथि रहेका थिए ।

छेडेदह स्पोट्र्स क्लब आटीचौरको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । प्रतियोगितामा विजेताले १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने क्लबका अध्यक्ष खड्काले  बताएका छन्

चर्चामा

सम्बन्धित समाचार